‘भिजिट भिसा’मा छेडछाड गर्दै मानव तस्करी

२८ माघ २०६९, आईतवार ११:१९ मा प्रकाशित

काठमाडौं, २८ माघ । एकपछि अर्को विकल्प रोज्दै बैदेशिक रोजगार विभागका कर्मचारीहरुले अनियमित रकम उठाउँदै गलत काम गर्ने गरेका बुझिएको छ । अनियमित कारोवारलाई रोक्नकै लागि करिब डेढ वर्ष अगाडि प्रधानमन्त्रीको ठाडो निर्देशनमा नियुक्ति पाएका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई आफ्नो मातहतका कर्मचारीले कसरी काम गरेका छन् भन्ने कुराको जानकारी नभएकोले गलत काम रोकिएको छ भन्नु नाटक मात्र भएको विभाग श्रोतले दाबी गरेको छ ।
श्रोतका अनुसार म्यानपावर व्यवसायी र एजेन्टहरुले दुवईको ‘भिजिट भिजा’लाई धमाधम संस्थागत अन्तिम श्रमस्वीकृति दिन थलेको महिनौ भैसकेको छ । यसरी टुरिजम भिसालाई संस्थागत श्रमस्वीकृति निकाल्न पुरुषको भए २० हजार र महिलाको भए उमेरको हद हेरेर सोही हिसाबले अवैध रकम लिने गरिएको छ । अन्तिम स्वीकृति शाखा महानिर्देशक पूर्णचन्द्र भट्टराईको घुम्ने कुर्सीमुनीको भुइँतल्लामा रहेको छ । सेतो भवनको फस्ट फ्लोरमा पूर्वस्वीकृति र कम्प्यूटर छ । यसरी पूर्वस्वीकृतिदेखि नै रकमको चलखेल हुने गरेको बताइन्छ । १० मा ० थपेर १०० को डिमाण्ड गराउने, १५ जनाको डिमाण्ड लेटरमा ० थपेर १५० बनाउने र थपेका कोटाको ठूलो रकम लिएर पूर्वस्वीकृति पास गरेपछि म्यानपावर कम्पनीहरुले प्रतिगोटा पाँचहजारदेखि माथि एजेन्ट वा श्रमप्रतिनिधिलाई बेच्ने, त्यही फाईललाई संस्थागत श्रमस्वीकृति दिने गरिएको छ । फाईलबाट काम गर्ने म्यानपावर प्रतिनिधि र एजेन्टले म्यानपावर मालिकबाट प्रतिगोटाका हिसावले किनेका फाईलहरुमा ट्राभल्स, होटल, गेष्टहाउस र मानव तस्करीको संजालमा रहेका व्यक्तिहरुबाट पासपोर्ट संकलन गरी संस्थागत अन्तिम श्रमस्वीकृति दिने गरिएको छ । यसरी फाईलबाट श्रमस्वीकृति निकाल्दा म्यानपावर जिम्मेवारी बस्नुपर्ने व्यवस्था भए पनि यो कडाईका साथ लागु भने गरिएका छैन । विगतमा भन्दा आकाशै छुने गरी भएको विभागका भ्रष्टाचारलाई ढाकछोप गर्न जति नाटक गरे पनि एकपछि अर्को नाटकको मञ्चन पर्दाफास हुँदै आएको छ । सर्वसाधारण नागरिकको ज्यूज्यानको सुरक्षा गर्ने कि अनियमित काममा लागेर रातारात करोडपति बन्नेहरुको सुरक्षामा लाग्ने भन्ने कुरा चाहिँ सरकारमा रहेका कमिसनखोर मन्त्री र विभागले नै सोच्नु पर्ने विषय हो ।
३० वर्ष उमेर नपुगेका महिलाहरुलाई अहिले टुरिजम भिजाबाट दुबई हुँदै खाडीका अन्य मुलुकहरुमा सप्लाई गरिँदै आइएको छ । नेपालमा उनीहरुको मुल्य अधिकतम ७० हजार र विदेशमा मालिकहेरी हुने गरेको छ । विभागले हाउसमेडमा जाने महिला÷पुरुषहरुको उमेर ३० वर्ष नाघेको हुनुपर्ने नियम अघिसारेपछि मानव तस्करीमा लाग्नेहरुले भिन्न उपायहरु अपनाउँदै श्रमस्वीकृति लिएर वा सेटिङमार्फत वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४