बुटवलमा एसएलसी नमूना परीक्षा प्रतियोगिता

२८ माघ २०६९, आईतवार ११:१० मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २८ माघ । बुटवलमा एसएलसी नमुना परीक्षा प्रतियोगिता सञ्चालन भएको छ । स्थानीय मिलनचोकस्थित ह्वाईट हाउस एजुकेसन जोनले रुपन्देहीका सरकारी र निजी विद्यालयका विद्यार्थीका लागि परीक्षा प्रतियोगिता सञ्चालन गरेको हो ।एजुकेसन जोनले एसएलसी परीक्षा दिने बिद्यार्थीहरु बिच खुल्ला प्रतियोगिता गरी बिद्यार्थीहरुलाई क्षमताको अवसर पदान गर्ने उद्देस्यले नमूना परीक्षा सञ्चालन गरिएको बताएको छ । 
बुटवलको कालिका माबिमा भएको नमुना परिक्षा प्रतियोगतामा जिल्लाका निजी र सामुदायिक बिद्यालयका ३ सय ८० बिद्यार्थिहरुले भाग लिएका थिए । निःसुल्क गरिएको उक्त नुमुना परीक्षा सम्भवतः नेपालकै पहिलो रहेको बताइएको छ ।
नमुना परीक्षाबाट बिद्यार्थीको आत्मविश्वास बढ्नका साथै प्रश्नपत्र बारेमा थाहा पाउने अवसर मिल्ने आयोजकले जनाए । नमूना परीस्क्षामा प्रथम हुनेलाई ५ हजार नगद, द्धितिय हुनेलाई ३ हजार, तृतीय हुनेलाई २ हजार र बिद्यालयलाई सिल्ड तथा प्रमाण पत्रको ब्याबस्था गरिएको छ । सरकारी बिद्यालयका बिद्यार्र्थी प्रथम भएमा थप २ हजार रुपयाँको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत