चिरुको रौँ तस्करी गर्ने प्रहरी नियन्त्रणमा

२७ माघ २०६९, शनिबार २१:०७ मा प्रकाशित

काठमाडौं, २७ माघ । दुर्लभ बन्यजन्तुको सूचीमा सुचीकृत चिरुको रौँ (शाहतुस) अवैध रुपमा बिक्री–वितरणको लागि भण्डारण गरी राख्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ पर्नेहरुमा गोरखा जिल्ला छेकम्पार–८ घर भई हाल काठमाडौँ जिल्ला ईचंगुनारायण –६ बस्ने २८ बर्षीय छेतेन लुण्डुप लामा, ४५ बर्षीय टेम्बेल लामा र तिव्वत छयाम्दो वतन भई करीव एक डेढ महिनादेखि काठमाडौँ ठमेल, स्वयम्भू तथा बौद्धमा बस्दै आएका ३० बर्षीय आपे भन्ने पेन्टु रहेका छन् । 
प्रहरीले माघ २१ गते धादिङ जिल्ला गजुरी–२ स्थित मलेखु बजारमा २९ वटा बोरामा भण्डारण गरिराखेको अन्दाजी ४ सय किलो चिरुको रौँ (शाहतुस) र उक्त रौँसँगै रहेको उनजस्तो देखिने वस्तु ११ बोरा बरामद गरेको थियो । उनीहरुलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला बन कार्यालय धादिङ पठाएको छ ।
यसैगरी सामान्य विवादमा खुकुरी प्रहार गरेपछि ताप्लेजुङका ३२ बर्षीय पेम्वा शेर्पालाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ । शेर्पाले माघ २६ गते गोरु काट्ने क्रममा दोखु–१ बस्ने १८ बर्षीय खगेन पालुङ र २६ बर्षीया गिता पालुङले फोहोर नगर भनी सम्झाएको सहन गर्न नसकी खगेन पालुङलाई टाउकोमा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि न्यूरो अस्पताल बिराटनगरमा लगिएको छ । उक्त झगडामा गिता पालुङ समेत सामान्य घाइते भएकोले उपचारको लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी