नेका उपसभापति भन्छन्– ‘प्रचण्डले आत्मालोचना नगरेसम्म कुरा मिल्दैन’

२७ माघ २०६९, शनिबार २०:५४ मा प्रकाशित

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफै नाम मागेर कांग्रेस सभापति सुशिल कोइरालालाई प्रधानमन्त्रीको रुपमा नमानेको विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले आत्मालोचना नगरेसम्म कुनै पनि विकल्पमा कुरा मिल्न नसक्ने बताएका छन् । उनले कोइराला किन स्विकार्य नभएको भन्ने स्पष्टिकरणसहित प्रचण्डले आत्मालोचना गरे कांग्रेस अरु विकल्प दिन समेत तयार रहेको स्पष्ट पारे । सञ्चारकर्मीसँग पौडेलले भने– ‘कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा पार्टीहरुको बैठकमा विकल्पको रुपमा प्रस्ताव गर्नुपर्छ, पार्टीको भेलाबाट होइन । यसरी ल्याएको प्रस्ताव मान्दैनौँ ।’ 
प्रधानन्यायाधिश खिलाराज रेग्मीको क्षमतामा आफूहरुलाई कुनै शंका नभए पनि न्यायालयलाई कमजोर बनाउने र विवादमा पार्ने प्रचण्डको षडयन्त्र भएकोले यो प्रस्ताव स्विकार्य हुनै नसक्ने स्पष्ट पारे । एकीकृत नेकपा माओवादी निर्वाचन भन्दा पनि अहिले सत्ताको आयू लम्ब्याउने योजनमा रहेको भन्दै अब आन्दोलनबाटै बाबुराम भट्टराई नेतृत्वको सरकारलाई ढाल्ने चेतावनी दिए । उनले भने– ‘अब आन्दोलनबाटै यो सरकार ढल्छ त्यसपछि राष्ट्रपतिले संविधानको संरक्षकको हैसियतले भूमिका खेलेर यो सरकार हटाएर नयाँ सरकार गठन गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार