विवाह जीवनमा आएका सुखदु:ख पार गर्दै सँगै जिउने प्रण -सदावहार नायिका शर्मिला मल्ल

१६ चैत्र २०६८, बिहीबार २०:१७ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ । आज पनि शर्मिला मल्ललाई देख्नेहरू भन्छन्- अझै उत्तिकै राम्री छिन् यिनी । सदावहार नायिका हुन् यिनी । चलचित्र कान्छीकी कान्छी शर्मिला मल्ल आफ्नो जमानाकी एक सफल र सुन्दरी नायिका हुन् । शर्मिलाको सुन्दरताको बखान गर्दा उनको प्रशंसाका शब्दहरू नै ओइरिने गर्छन् । यिनै पुरानी नायिका मल्ल आजकल घरतिरै व्यस्त हुने गरेकी छिन् । अहिले पनि उनलाई फिल्मबाट अफर आउने गरेका छन् । ँतर, मलाई भूमिका चित्त नबुझेका कारण मैले खेल्ने गरेकी छैन । दर्शकहरूले मलाई दिनुभएको माया अनि सम्मानको इज्जत राख्न पनि मैले जस्तो पायो त्यस्तो भूमिकामा देखिन मिल्दैन,’ यस्तो विचार राख्ने सुन्दरी कान्छी शर्मिलाको बुझाइमा जीवन र जगत् के हो त ? घटना र विचारको स्तम्भ ‘तपाईंको दृष्टिमा’का लागि शर्मिला राजन घिमिरेसँग यसरी प्रस्तुत भइन् ।

० जीवन के हो ?
– भगवान्ले दिनुभएको अमूल्य बरदान
० प्रेम के हो ?
– बाँच्ने आधार
० सुन्दरता के हो ?
– आँखाले देख्ने मनले बुझने कुरा
० मन के हो ?
– महसुस गर्नु
० भावना के हो ?
– गहिराइ
० विवाह के हो ?
– जीवनमा आएका सुखदु:ख पार गर्दै सँगै जिउने प्रण
० बन्धन के हो ?
– मनको भ्रान्ति
० अपमान के हो ?
– बेइज्जत गर्नु वा हुनु
० इज्जत के हो ?
– सम्मान
० बेइज्जती के हो ?
– लाजमर्दो कुरा
० मिलन के हो ?
– खुसीको क्षण
० विछोड के हो ?
– पीडा
० जवानी के हो ?
– बैंसको एउटा बेला
० बालापन के हो ?
– जिम्मेवारीविहीन क्षण
० तृष्णा के हो ?
– कहिल्यै नअघाउने वा नमर्ने
० रिस के हो ?
– आफैंलाई हानि गर्ने शत्रु
० जोस के हो ?
– एकप्रकारको नशा
० नसा के हो ?
– भ्रम
० यौन के हो ?
– जीवनमा आउने सुखद क्षण
० सन्तुष्टि के हो ?
– पूर्णविराम
० कर्तव्य के हो ?
– जिम्मेवारी
० विश्वास के हो ?
– मनको सोचाइ
० असल के हो ?
– कसैको पनि कुभलो नचिताउनु
० खराब के हो ?
– अरूको कुभलो चिताउनु
० सबैभन्दा ठूलो धोका के हो ?
– आफूले आफैंलाई दिने
० दु:ख के हो ?
– मुनमा हुने पीडा
० सुख के हो ?
– मनको खुसी
० खुसी के हो ?
– आत्मसन्तुष्टि
० आनन्द केमा छ ?
– सन्तोषी हुनुमा
० मित्र को हो ?
– जो सही मार्ग-निर्देशन दिन्छ
० शत्रु को हो ?
– परेको बेला साथ दिँदैन
० सङ्घर्ष के हो ?
– जीवनमा भोग्नैपर्ने बेला
० प्राप्ति के हो ?
– सुखद अनुभूति
० आस्था के हो ?
– विश्वास
० धर्म के हो ?
– अनुशासन
० नैतिकता के हो ?
– चरित्रवान हुनु
० चरित्र के हो ?
– समाजमा राम्रा सन्देश दिनु
० ज्ञान के हो ?
– हरेक व्यक्तिको आवश्यकता
० बुद्धि के हो ?
– सही निर्णय गर्ने क्षमता
० सम्झौता के हो ?
– समयको माग
० सृष्टि के हो ?
– सुन्दर उपहार बरदान
० गुरु को हो ?
– आमा
० राजनीति के हो ?
– बुझनेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड
० देश के हो ?
– परिचय
० समाज के हो ?
– परिवार
० पद के हो ?
– दायित्व
० विकास के हो ?
– उन्नति, प्रगति
० व्यापार के हो ?
– आर्थिक कारोबार
० अनुशासन के हो ?
– गल्ती नगर्नु
स्रोत : घटना र विचार

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले