एमाओबादी लोकतान्त्रिक विधि ध्वस्त पार्ने खेलमा: एमाले सचिब पोखरेल

२७ माघ २०६९, शनिबार १९:५६ मा प्रकाशित

रुपन्देही, २७ माघ । नवलपरासीको वर्दघाटमा प्रेस चौतारीले शनिबार गरेको पत्रकार सम्मेलनमा एमालेका सचिब शंकरपोखरेलले शक्ति पृथकीकरण्ँको सिद्धान्त विपरीत न्यायपालिका प्रमुखलाई कार्यकारी बनाएर लोकतान्त्रिक विधि ध्वस्त पार्ने खेलमा एमाओवादी लागेको आरोप लगाए । ‘न्यायपालिकालाई विवाद पारेर सर्वसत्ता लाद्ने माओवादीको नियत छ,” उनले भने, ‘अराजनीतिक व्यक्तिले सरकारको नेतृत्व गर्न हुदैन ।’लोकतन्त्र शक्ति सन्तुलनको शासन पद्धति भएको उनले बताए । उनले भने, त्यसलाई भत्काउने अधिनायकवाद लाद्ने दुष्प्रयास भइरहेको छ । विपक्षी दलले आन्दोलनकै बलमा सरकार ढाल्ने दाबी गर्दै उनले दोस्रो चरण्ँ आन्दोलन सरकारलाई निषेध गरिने खालको हुने जानकारी गराए । अवको आन्दोलन नया“ जनादेश, राष्ट्रिय शक्ति बीचको एकता, जनजीविकाको समस्या उठान गरी दल बीचको सहमति निरन्तरता दिने जनाए ।सहमतीय सरकार गठनका लागि राष्ट्रपति रामवरण्ँ यादवले थालेको प्रयास रोकेकोमा पोखरेलले असन्तुष्टि जनाए । ‘यसरी विचमै छाड्नु हुदैनथ्यो,” उनले भने, ‘राष्ट्रपतिले मुलुकलाई निकास दिनैपर्छ ।” एमाओवादीको हेटौंडा महाधिवेशन कार्यकर्ता रमिते बताउने काम मात्र भएको उनले बताए । महाधिवेशन ‘ड्रामा” मात्र भएको छ,” उनले थपे, ‘जनस्तरबाट आएका आफ्नै कार्यकर्ताको माओवादीले कुरा सुनेन ।”बाबुराम भट्टराई सरकारका एक दर्जन मन्त्रालय ‘भष्ट्राचारको अखडा” रहेको दाबी नेता पोखरेलको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार