एमाओवादी पतन हुने बाटोमा लाग्न लागेका छन: शेरवहादुर देउवा

२७ माघ २०६९, शनिबार १९:५२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही २७ माघ । काग्रेस वरिष्ठ नेता शेरवहादुर देउवाले एमाओवादी पतन हुने बाटोमा लाग्न थालेको बताएका छन् । नेता देउवाले ढिलो चाडो भएपनि एमाओवादी पतन भएर जाने दावी गरेका छन् । नेपाली काग्रेस स्याङजाले आयोजना गरेको शान्ती र लोकतन्त्रका लागि पदयात्रा कार्यक्रमको उद्घाटन गर्दै देउवाले एमाओवादीको सुरुदेखि कै योजना सत्ताकब्जाको भएकोले माओवादी आफै स्वतः पतन भएर जाने बताए । एमाओवादीले सरकारमा वसेर मनपरी ढङ्गले काम गरेको छ’ देउवाले भने ‘उनीहरुको मनसाय पुरा हुदैन,त्यसैले ढिलो चाडो जे भएपनि यो पतन भएर जाने निश्चित रहेको छ ।’  शुक्रवार मात्रै काठमाण्डौंको खुला मञ्चमा बोलेका नेता देउवाले आफु प्रधानमन्त्री हुदा बर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री बावुराम भट्टराईले पेश गरेको ४० बुँदे मागमा पनि एक बुँदे पुरा गर्न नसकेको दोह्रोराएका छन् । देशमा चुनाव हुन नसकेको र पुरा बजेट आउन नसकेको प्रति इकित गर्दै नेता देउवाले अहिलेको सरकारलाई देशको चिन्ता नभएकोले एमाओवादीले केवल सत्ता कव्जा गर्ने खेल खेलेको आरोप लगाए । पछिल्लोपटक एमाओवादीले प्रधान न्यायाधीसको नेतृत्वमा चुनावी सरकार गठन गर्न खोज्नु भनेको न्यायलय माथिको आक्रमण गर्न खोज्नु हो नेता देउवाले भने जहाँ स्वतन्त्र न्यायलय छ त्यहाँ हस्तक्षेप गर्नु भनेकै सर्वसत्तावादी लाद्नु हो । पैदल यात्र उदघाटन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति रुपन्देहीका अब्दूल रज्जाक अलिमिया, पाल्पाका बिरबहादुर राना, कास्कीका सभापति यज्ञबहादुर थापा, पुर्व सभाषद महोनप्रसाद पाण्डे, इन्द्रबहादुर गुरुङ्, क्षेत्र नं। ३ का सभापति देवबहादुर खँण ९इश्वर० लगायतले देश संक्रमण कालमा गुज्रीरहेका बेला शान्ति र लोकतन्त्रका लागि नेपाली काँग्रेस स्याङ्जाले थालेको पैदल यात्र देशभरी नै हुनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने