कृषि क्षेत्रमा लगानी बढाउन आग्रह

२७ माघ २०६९, शनिबार ११:५१ मा प्रकाशित

रुपन्देही, २७ माघ । मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको विकास गर्नुपर्ने सराकोरवालाहरूले बताएका छन् । आर्थिक विकासको प्रमुख आधार कृषि भएकाले कृषिलाई आधुनिकीकरण गरिनुपर्ने उनीहरूले बताए ।

शुक्रबारदेखि बुटवलमा शुरूभएको छैठौ प्रांगारिक कृषि मेला २०६९ को उद्घाटन समारोहमा बोल्नेहरुले आर्थिक क्रान्ति पुरा गर्न पहिला कृषि क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै राज्यले कृषि क्षेत्रमा लगानी बढाउन नसकेकाले कृषि क्षेत्र फस्टाउन नसकेको गुनासो गरे । कृषि क्षेत्रमा आवश्यकता अनुसार लगानी गरेर कृषकहरूलाई सस्तो व्याजदरमा राज्यले ऋण उपलब्धनगराउँदासम्म कृषि क्षेत्र फस्टाउन नसक्ने उनीहरूको धारणा रहेको छ ।
रासायनिक मलको प्रयोगबाट तत्कालका लागि उत्पादनमा वृद्धि भएपनि दीर्घकालिन रूपमा फाइदा नहुनुका साथै स्वास्थ्यमा असर पुग्ने भएकाले राज्यले प्रांगारिक कृषिलाई व्यवसायीकरण गर्ने अवस्था आएको बताए । प्रांगारिक कृषिलाई व्यवसायीकरण गर्न गुरूयोजनाका साथ सरकारी र नीजिक्षेत्र एक आपसमा सहकार्य गररे अघि बढनु पर्ने उनीहरुको भनाइं छ । कृषि क्षेत्रको विकास सोचेअनुरूप हुन नसकेको भन्दै कृषि क्षेत्रलाई अब सबैले प्राथामिकतामा राख्नुको विकल्प नभएको बताए । कार्यक्रममावोल्दै कृषि मन्त्रालयका सह–सचिव खेमशरण पौडेलले कृषिक्षेत्रको विकास गर्न सरकारको मात्र मुख ताक्न नहुने बताउनुभयो । उहाँले गुणस्तरीय विउवीजन उपलब्ध हुन नसक्दा र सिंचाईको सुविधा नभएकाले कृषकहरू समस्यामा परको बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि सरकारले कृषि र पशुबिमाको व्यवस्था गरेको बताउँदै सह–सचिव पौडेलले बेरोजगार युवाहरूलाई कृषि पेशामा आकर्षित गर्नुपर्ने बताउनुभयो ।
पश्चिमाञ्चल कृषि निर्देशनालयका निर्देशक धर्मदत्त पराजुलीले सरकार र नीजिक्षेत्रको सहकार्यबाट कृषिका ेविकास गर्नुपर्ने बताउनुभयो । रासायनिक मलको प्रयोगबाटतत्कालका लागि उत्पादनमा वृद्धि भएपनि दीर्घकालिन रूपमा फाइदा नहुने भएकाले प्रांगारिक कृषलाई व्यवसायीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कृषि व्यवसायी प्रवद्र्वन व्यवसायी तथा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरकी रोजीन महर्जनले कृषकहरूलाई जागरूक बनाउने उद्देश्यले प्रांगारिक कृषि मेलाहरूको लागि आफ्नो संस्थाले सहयोग गर्दैआएको दाबी गर्नुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, नेपाल उद्योग वाणिज्य महासंघकी सदस्य शान्ता जीसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, परासी उवासंघका अध्यक्षवैजनाथ जैसवाल, रूपन्देही उद्योगसंघका अध्यक्ष तेजकुमार पाठक, रूपन्देही व्यापार संघका अध्यक्षटंकप्रसाद पोखरेल, बुटवल उद्योगवाणिज्य संघका पूर्व अध्यक्षजीवनकुमार ओझा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका बुटवल अध्यक्ष खिमनारायण पराजुली, बुटवल उद्योग वाणिज्य संघका सचिव दिनेशप्रसाद श्रेष्ठ, बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनाललगायतले पनि मन्तव्य दिएका थिए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार