झुण्ड्याइए अफजल गुरु

२७ माघ २०६९, शनिबार ११:२५ मा प्रकाशित

एजेन्सी/ २७ माघ । सन् २००४ मा भारतको सर्वोच्च अदालतद्वारा मृत्युदण्ड सुनाइएका आतंकावादी अफजल गुरुलाई शनिबार बिहानै फाँसी दिइएको एजेन्सीहरुले जनाएका छन् । अफजल सन् २००१ मा भारतको संसदमा हमला गर्ने योजनाकारमध्येका एक थिए । केही समयअघि उनको मृत्युदण्ड रोक्न राष्ट्रपति प्रणव मुखर्जीसामु निवेदन परेको थियो। त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेका थिए। उनलाई दिल्लीस्थित तिहाड जेलमा शनिबारबिहानै झुन्ड्याइएको समाचारको भारतीय गृह मन्त्रालयले पुष्टी गरेको छ। मृत्युदण्डलगत्तै जम्मु र कस्मिरमा कर्फ्यू आदेश दिइएको छ। 
२००१ को डिसेम्बरमा पाँच हतियारधारी आतंकवादीले भारतीय संसद परिसरभित्र गोली प्रहार गरेका थिए। घटनामा ९ जना मारिएका थिए। मारिनेमा अधिकांश सुरक्षाकर्मीहरु थिए भने भारतको विपक्षी दल भारतीय जनता पार्टीले उनको मृत्युदण्ड ढिलाई गरिएको प्रति आक्रोश प्रकट गर्दै आएको थियो।
सन् २००६ मा अफजललाई झुन्ड्याइने तय भए पनि उनकी पत्‍नीले मृत्युदण्ड रोक्न निवेदन दिएपछि मृत्युदण्ड तत्काललाई रोकिएको थियो। तर राष्ट्रपतिसामु परेको मृत्युदण्ड रोक्ने निवेदनलाई गत जनवरी २३ मा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अस्वीकार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ ।

मास्टर कार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले

नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्यययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन् । नाजेरियाली अधिकारीले बन्दुकधारीले विद्यार्थी अपहरण