चिट चोर्न नपाएपछि झाँक्रीले मच्चाइन् बबण्डर

२७ माघ २०६९, शनिबार ११:१५ मा प्रकाशित

काठमाडौं, २७ माघ । अर्कैसँग हिँडेकी श्रीमती फिर्ता पाउनुपर्ने माग गर्दै सडक बन्द गरेझैं परीक्षा केन्द्रमा चिट चोर्न नपाएपछि केही विद्यार्थी क्रूद्ध भएका छन् । घटना न्यू मिलेनियम कलेज सुकेधाराको हो । उक्त कलेजमा हाल बीबीएस तेस्रो वर्ष र एलएलबी तेस्रो वर्षका विद्यार्थीको परीक्षा चलिरहेको छ र कुल चार सय विद्यार्थी उक्त परीक्षाकेन्द्रमा सहभागी भएका छन् । बीबीएसपट्टि दश निजी क्याम्पसका विद्यार्थी परीक्षामा सहभागी रहे पनि एलएलबीतर्फ भने त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसका विद्यार्थी मात्र परीक्षामा सम्मिलित छन् । एलएलबीको परीक्षामा अखिलकी नेतृ रामकुमारी झाँक्रीदेखि पूर्वडीआईजी एवम् गृहमन्त्री विजयकुमार गच्छदारका सम्धि भक्ति माझीलगायत विभिन्न राजनीतिक कार्यकर्ताको सहभागिता रहेको छ । अत्यन्त ‘टाइट’ मानिने उक्त परीक्षा केन्द्रमा परीक्षामा सहभागी भएको एक घण्टासम्म कुनै परीक्षार्थी बाहिर निस्कन नपाउने र परीक्षा सकिएको पाँच मिनेटभित्र परीक्षाा केन्द्रबाट बाहिरिनुपर्ने नियम छ । तर, गत सोमबार एलएलबीका डेढ दर्शन परीक्षार्थी परीक्षा सकिएपछि पनि नियमविपरीत त्यहीँ बसी होहल्ला गर्न थाले । उनीहरूको गुनासो थियो– परीक्षामा सुरक्षागार्डहरूले निकै कडा गरे । एक घण्टा बित्न लाग्दा पनि हल नछोडेपछि प्रहरीले उनीहरूलाई सम्झाएका थिए, तर उनीहरू बाहिर निस्कन मानेनन् । त्यसपछि कलेजको अनुशासन इञ्चार्ज तथा सुरक्षागार्डहरूले विद्यार्थीलाई बाहिरिन बाध्य पारेका थिए । 
त्यसअघि विद्यार्थी नेतृ रामकुमारी झाँक्री परीक्षा सुरु भएलगत्तै नियमविपरीत बाहिरिन खोज्दा रोक लगाएपछि उनले त्यहाँ बबण्डर मच्चाएकी थिइन् । त्यसपछि परीक्षा सकिँदा पनि केही विद्यार्थी बाहिरिन नचाहेपछि कलेजले उनीहरूलाई बलजफ्ती बाहिर निकाल्नुपरेको थियो । त्यसरी कलेजबाट बाहिर पठाइएपछि एलएलबीका परीक्षार्थीले आफूमाथि हातपात गरिएको आरोप लगाउँदै सञ्चारमाध्यमहरूबाट प्रचारबाजी गरे । कलेज प्रशासनले भने कसैमाथि हातपात नभएको जनाएको छ । निजी क्याम्पसका विद्यार्थीतर्फ परीक्षामा कुनै समस्या नभए पनि ‘सरकारी’तर्फ (एलएलबी)का परीक्षार्थीको व्यवहारलाई भने कलेज प्रशासनले गम्भीर मानेको छ । ती परीक्षार्थीले सुरक्षागार्ड तथा अनुशासन इञ्चार्जहरूलाई ज्यान मार्नेसम्मको धम्की दिएकोले कलेज प्रशासन गम्भीर भएको बताइन्छ । उक्त परीक्षा केन्द्रमा माघ १८ गतेदेखि परीक्षा सुरु भएको र आगामी फागुन १० गतेसम्म परीक्षा चल्ने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो