विरोधसभाबाट विपक्षी उत्साहित

२७ माघ २०६९, शनिबार ११:१० मा प्रकाशित

काठमाडौ, २७ माघ । विपक्षी राजनीतिक दलहरुले यही माघ २९ गते दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएका छन् । शुक्रबार राजधानीको खुलामञ्चमा आयोजित विरोधसभामा व्यापक जनसहभागिता देखेर उत्साही भएका विपक्षी दलले माओवादी इमानदारीसाथ राजनीतिक निकास दिन तयार नभए अब घोषणा हुने आन्दोलनबाट सरकार सडकबाटै ढाल्ने चेतावनी पनि दिएका हुन् । यसअघिका विरोधसभामा अपेक्षित जनसहभागिता देखाउन नसकेर आलोचना खेपिरहेका विपक्षीको शुक्रबारको विरोधसभामा खुलामञ्च भरिभराउ भएपछि उनीहरु आन्दोलनबाट सरकार फाल्न सकिनेमा विश्वस्त बनेको अनुभूति गरिएको छ । काँग्रेस-एमालेसहितका विपक्षीले सत्तारूढ गठबन्धनको सर्वसत्तावादविरुद्ध आयोजना गरेको विरोधसभामा सबैजसो विपक्षी नेताले नयाँ प्रधानमन्त्री बनाउन मात्रै नभएर सरकारको सर्वसत्तावादी शैली, भ्रष्टाचार, राष्ट्रियता कमजोर बनाउने कदमविरुद्ध आन्दोलन गरिएको बताए । 
विरोधसभामा कांग्रेस सभापति कोइरालाले विगतमा भइरहेका सहमतिलाई टोकरीमा फालेर एमाओवादी र सरकारमा रहेको गठबन्धन कसको डिजाइनमा चलिरहेको छ ? भन्ने प्रश्न गर्दै इमानदार र जिम्मेवारीबोध साथ राष्ट्रिय संकटलाई निकास दिने बाटामा नआई सर्वसत्तावादको यात्रा गरेमा राणा, पञ्चायत र राजतन्त्रजस्तै माओवादी समाप्त हुने चेतावनी दिए । आन्दोलनमा गए पनि आफूहरूले जिम्मेवारीबोधसाथ वार्ता र सहकार्यलाई नछाड्ने कोइरालाको कथन थियो ।
यस्तै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सीमामा जनमतसंग्रह गराउने, जातीय राज्य घोषणा गर्न कार्यकर्तालाई उक्साउनेलगायत सरकारका कामकारबाहीले माओवादी लेन्डुप दोर्जीको बाटामा गएको बताए । उनले जनयुद्धकालमा भएका मानवताविरोधी अपराधबाट बच्न बालुवाटार र सिंहदरवारलाई प्रधानमन्त्री बाबुराम भट्टराईले सुरक्षा सेल्टर बनाएको आरोपसमेत लगाए । राज्यका सबै अंग विघटन गराउँदै माओवादीले फासीवादी शासनशैली चलाउन खोजेको आरोप लगाउँदै उनले न्यायालय रित्याएर माओवादी फासीवादी शासन चलाउन सकिन्छ भन्ने निरर्थक सोचमा रहेको बताए ।
एमालेकै नेता केपी ओलीले माओवादीको हिंसा र तानाशाहीको यात्रा रोक्न सम्पूर्ण लोकतन्त्रवादी शक्ति एक भएर आन्दोलन सशक्त बनाउनुपर्ने बताए । उनले प्रधानमन्त्री भट्टराई भ्रष्टाचारबाट गन्हाउन थालेकाले अब लामो समय टिक्न नसक्ने ठोकुवा गरे ।
सभामा कांग्रेसका वरिष्ठ नेता देउवाले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई माओवादीले पार्टीको उम्मेदवारजस्तो गरी प्रस्ताव गरेको भन्दै त्यसले स्वतन्त्र न्यायालयलाई विवादमा तान्ने काम गरेको बताए । उनले राजनीतिक सहमतिको बाधक भट्टराई रहेको आरोप लगाउँदै उनलाई नहटाएसम्म मुलुकले निकास नपाउने दाबी गरे भने कांग्रेस उपसभापति पौडेलले माओवादीले सत्ता नछाड्न अनेकौं पासा फालिरहेको बताउँदै कांग्रेसलाई निषेध गरेर सहमति हुन नसक्ने धारणा राखे ।
एमाले महासचिव पोखरेलले प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव एमाओवादीको नौटंकी रहेको बताए ।
सभामा कांग्रेस महामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष चित्रलेखा यादव, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, नेकपा (माले)का अध्यक्ष सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशी, राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनी, सद्भावना (आनन्ददेवी)का नेता रामबाबु सिंह तथा चुरेभावर पार्टीका सहअध्यक्ष भूमिराज निरौलाले प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव मान्य नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार