ग्लोबल आईएमईको डिबेञ्चर स्टक एक्सचेन्जमा सूचीकरण

२७ माघ २०६९, शनिबार ११:०१ मा प्रकाशित

काठमाडौं, २७ माघ । ग्लोबल आईएमई बैंक लि.ले निष्कासन गरेको १० प्रतिशतको एक हजार दरका ४० लाख कित्ता डिबेञ्चर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल स्टक एक्सचेन्जका तर्फबाट निमित्त महाप्रबन्धक प्रमोद भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । वार्षिक ब्याजदर १० प्रतिशत रहेको उक्त डिबेञ्चरको भुक्तानी अवधि सात वर्षको रहेको र डिबेञ्चरको ब्याज भुक्तानी त्रैमासिक रूपमा गरिने बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक लिले आव ०६९÷७० को दोस्रो त्रैमासिकसम्ममा २९ अर्ब ३७ करोड निक्षेप सङ्कलन गरी २३ अर्ब ९१ करोड ऋण लगानी गरेको जनाएको छ । यस आधा वर्षे अवधिमा बैंकको सञ्चालन मुनाफा ३३ करोड ६२ लाख तथा खुद मुनाफा २४ करोड ४९ लाख रहेको बताइएको छ भने हाल बैंकका ६३ शाखा, ६२ एटीएम तथा ३ लाखभन्दा बढी ग्राहक रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिर्जभ (फेड) ले औसत ब्याजदर वृद्धि गर्ने प्रक्रिया अघि सारेको छ । पत्रकारहरुसँग संवाद गर्दै फेडका

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

जलेश्वर । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८

काठमाडौँ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सुरुवात गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका