बस्नेतलाई रोक्न एमालेका युवा वाईसीएलको शरणमा

२७ माघ २०६९, शनिबार ०९:३१ मा प्रकाशित

काठमाडौं, २७ माघ । नेकपा एमालेको सशक्त भ्रातृ सङ्गठन मानिने युवा सङ्घको फागुन ११ गतेदेखि बुटवलमा महाधिवेशन सुरु हुने भएको छ र उक्त महाधिवेशनले पुनः महेश बस्नेतलाई नै अध्यक्ष चयन गर्ने बुझिएको छ । केपी ओलीका विश्वासपात्र भनेर चिनिने बस्नेतलाई युवा सङ्घ इञ्चार्ज एमालेका केन्द्रीय सदस्य योगेश भट्टराईले समेत विकल्प नदेखेपछि बस्नेत अध्यक्ष बन्ने पक्का भएको हो । झलनाथ खनाल पक्षधर भनेर चिनिने भट्टराईले वाईसीएलको आतङ्कलाई निस्तेज पार्न बस्नेतबाहेक अरूको नेतृत्वले नसक्ने निष्कर्ष पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरेपछि युवा सङ्घका अर्का एक थरी नेताहरू भने माओवादीको शरणमा पुगेको बताइन्छ । 
प्राप्त समाचारअनुसार युवा सङ्घका वर्तमान अध्यक्ष महेश बस्नेतले यसपटक आफू अध्यक्ष नबन्ने बताइरहेका थिए । उनले पार्टीको आगामी महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने इच्छा राखेका थिए । तर, परिस्थितिले गर्दा उनी बुटवल महाधिवेशनबाट फेरि अध्यक्ष बन्नुपर्ने अवस्था आएको छ । महेश नै युवा सङ्घमा दोहोरिने सम्भावना बढेपछि वर्तमान महासचिव नीरज आचार्यले आफ्नो बेग्लै टिम बनाउन सुरु गरेको बुझिएको छ । नेतृत्व लिनका लागि चर्चामा रहेका झपट रावल, दिलु पन्तहरू भने भित्रभित्रै महेशसँग सुरक्षित पदको बार्गेनिङमा लागेको र अर्कोतिर नीरज आचार्यलाई नेता मान्न तयार भएको भन्दै उनलाई उचालिरहेको बताइन्छ । देशभर युवाहरूमाझ महेश बस्नेत ज्यादै लोकप्रिय भएको कारण उनी माओवादीको समेत टाउको दुखाइको कारण बनेका छन् । बुटवल महाधिवेशनबाट बस्नेत अध्यक्ष बन्ने पक्काजस्तै भएपछि माओवादीको एउटा तप्काले एमालेका नीरज आचार्यजस्ता मान्छेलाई उचालिरहेको बताइन्छ । एमालेको एक स्रोतका अनुसार माओवादीको हेटौँडा महाधिवेशनमा जानुभन्दा दुई दिनअघि राजधानीको एक घरमा वाईसीएल इञ्चार्ज गणेशमान पुन र युवा सङ्घका महासचिव नीरज आचार्यबीच बुटवल महाधिवेशनबारे छलफल भएको थियो । विपक्षी दलहरूद्वारा सञ्चालित आन्दोलन र आगामी संविधानसभाको निर्वाचनमा महेशको विकल्प खडा गर्न वाईसीएलले आचार्यलाई अघि सार्ने रणनीति बनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४