‘आफ्ना’हरुका लागि प्रधानमन्त्रीले खुला गरे ढुकुटीको मुख

२६ माघ २०६९, शुक्रबार ०९:३५ मा प्रकाशित

काठमाडौं, २६ माघ । प्रधानमन्त्री बाबुराम भट्टराईको पद धरापमा पर्न थालेको अनुमानसँगसँगै भट्टराईले राज्यको ढुकुटीबाट मनपरी खर्च गर्न लागेका समाचार सार्वजनिक भएको छ । आफैले लागू गरेको मितव्ययिताको प्रावधानको धज्जी उडाउँदै आफ्नो गृह जिल्ला र आफूनिकट पार्टी कार्यकर्तालाई मापदण्डविपरीत औषधोपचार र आर्थिक सहायताका नाममा डेढ करोड रुपैयाँभन्दा बढी प्रधानमन्त्रीले बाँडिसकेका बुझिएको छ ।
मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीका अनुसार भट्टराईले पूर्ववर्ती प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले झैं ठूलो मात्रामा आर्थिक सहायता बाँड्न थालेका हुन् । पछिल्लो समय भट्टराई आफैंले बनाएको मापदण्ड मिचेर धमाधम औषधोपचार खर्च र आर्थिक सहायता वितरण गरेको स्रोतको कथन छ ।
सुरुमा मापदण्ड नबनाएसम्म आर्थिक सहायता वितरणमा रोक लगाई कार्यकालको एक वर्षसम्म मन्त्रिपरिषद्बाट औषधोपचार रकम नबाँडेका भट्टराईकै अग्रसरतामा मन्त्रिपरिषद्ले आर्थिक अवस्था कमजोर भएकालाई औषधोपचार खर्च गरेको बिलअनुसार स्वास्थ्य मन्त्रालयमार्फत सोझै अस्पताललाई भुक्तानी दिने मापदण्ड बनाई सहायता वितरणमा कडाइ गरेको थियो । तर २०६९ वैशाखदेखि प्रधानमन्त्रीकै ठाडो प्रस्तावमा अन्धाधुन्ध रकम बाँड्न थालेको सम्वद्ध स्रोतको दाबी छ । बताइएअनुसार मन्त्रिपरिषद्बाट औषधोपचारका नाममा बाँडेको रकम एक करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ ।
भट्टराईले प्रधानमन्त्री सहायता कोषबाट डेढ वर्षमा ५० लाखभन्दा बढी रकम जिल्लावासी र पार्टी कार्यकर्तालाई बाँडेका छन् । प्रधानमन्त्री सहायता कोषबाट आर्थिक सहायता पाएका व्यक्तिको रेकर्ड हेर्दा धेरैजसो गोरखाका छन् । बाँकी प्रधानमन्त्री पत्नी हिसिला यमीले सिफारिस गरेका व्यक्तिहरू छन् । आर्थिक सहायता लिन प्रधानमन्त्री कार्यालयमा दिनहुँ भीड लाग्ने गरेको छ । प्रधानमन्त्री सहायता कोषबाट प्रतिव्यक्ति १० हजारदेखि २५ हजार रुपैयाँका दरले वितरण गर्ने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल