पोर्न स्टारलाई पार्टीको सल्लाहकारमा चयन गरेपछि…

२६ माघ २०६९, शुक्रबार ०९:१८ मा प्रकाशित

एजेन्सी, । चीनका केही सरकारी अधिकारीहरुको सेक्स टेप स्क्यान्डल सार्वजनिक भई उनीहरूमाथि कारबाहीको समाचारले चिनीयाँ राजनीतमा हलचल मच्चाइरहेकै परिवेशबीच एक अस्लिल फिल्मकी नायिकालाई चीनको एउटा सहरमा पार्टीको स्थानीय राजनीतिक सल्लाहकारमा नियुक्ति गरेपछि उनी सो पदका लागि कसरी योग्य भइन भनेर चीनमा नयाँ बहस सुरु भएको एजेन्सीहरुले जनाएका छन् । हङकङकी नायिका पेङ डान (डायनना पेङ) चाइनिज पिपुल्स पोल्टिकल कन्सलटेटिभ कन्फरेन्स (सीपीपीसीसी)को ११ औ गान्सु प्रान्तीय कमिटीको कार्यक्रममा सहभागी बनेकी थिइन् । पोर्न नायिकालाई कम्युनिष्ट पार्टीको महत्वपूर्ण पदमा नियुक्ति गरिएपछि त्यसको औचित्यबारे तिब्र बहस सुरु भएको हो । ग्लोबल टाइम्सले जनाएको छ । 
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आयोजित सो कार्यक्रममा उनको उपस्थितिलाई निकै अर्थपूर्ण ढंगले हेरिएको थियो । ‘उनी सो कार्यक्रममा सहभागी भएको समाचारले सामाजिक सञ्जालका नेटवर्कमा विभिन्न टिप्पणी छताछुल्ल पोखिएको छ । उनी सो पदमा कसरी मनोनित भइन् भन्ने विषयमा धेरैले विभिन्न अडकलबाजी गरेका थिए ।
पुराना र वरिष्ठ राजनीतिज्ञले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गरिरहेकै बेला मनोरन्जनका नछत्र लगायत विभिन्न नयाँ अनुहरलाई सीपीपीसीसीको राष्ट्रिय र क्षेत्रीय कमिटीमा सहभागी गराइएको थियो । ‘केही प्रशंसकले यस्ता नयाँ र कच्चा अनुहारलाई समर्थन जनाए पनि धेरैले भने उनको राजनीतिक छलांगप्रति व्यंग्य गरेका छन् ।
चीनको हुनान प्रान्तको चाङसमा जन्मिएकी ४० वर्षीय पेङ सन् १९९७ मा बनाइएको ‘इरोटिक गोस्ट स्टोरीः प्रफेक्ट म्याच’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । पछिल्ला वर्षमा भने उनी मुलधारका केही चलचित्रमा अभिनय गर्दै आएकी छिन् । तर, केही दिन अघि राजनीतिमा प्रवेश गरपछिे लगत्तै विभिन्न चर्चा र विवादको केन्द्र बनेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत