प्रचण्डको प्रस्तावले राजनीति र न्यायपालिकाबीच विवाद ल्याउने डा. महतको दाबी

२६ माघ २०६९, शुक्रबार ०८:२४ मा प्रकाशित

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमाओवादी अध्यक्षबाट राजनीति र न्यायपालिकाबीच नै विवाद ल्याउने उद्देश्यले प्रधानन्यायाधीशलाई नै प्रधानमन्त्री बनाउनेख प्रस्ताव आएको दाबी गर्नुभएको छ । प्रचण्डले बेला–बेलामा नाटककार र विदुषकको भूमिका खेल्ने र यो पनि उनको राजनीतिक विदुषकको भूमिकाकै एक पाटो भएको भन्दै नेता महतले ‘यसले राजनीति र न्यायपालिकाबीच विवाद ल्याउने बताउनुभयो ।
विपक्षी दलका अन्य नेताहरुले पनि प्रधानन्यायाधीशलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डको अज्ञानताको उपज भएको बताएका छन् । उक्त प्रस्तावलाई हास्यास्पद र आपत्तिजनकको संज्ञा दिँदै डा. महतले विभिन्न बहानामा सत्तालाई बचाइराख्ने एमाओवादीको चाल भएको टिप्पणी गर्नुभयो।
यस्तै, एमाले नेता भीम रावलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरा विरोधाभासपूर्ण भएको बताए । उनले भने, ‘महाधिवेशनबाट प्रधानमन्त्रीले सरकार छाडेको घोषणा गर्दै ल अब नयाँ सहमतिका साथ संवाद थालौँ भन्ने विभिन्न प्रस्ताव आएको भए केही गाम्भीर्यता छ भन्ने हुन्थ्यो तर प्रधानमन्त्रीले नै २०र२५ वर्ष सत्तालाई लाने अभिव्यक्ति दिइरहँदा यसमा कुनै सार्थकता छैन ।’ रावलले प्रधानमन्त्रीलाई फिर्ता नगराउँदासम्म एमाओवादीका प्रस्तावमा विश्वास गर्न नसकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने