निर्वाचन मण्डलले एमाओवादीको नेतृत्व चयन गर्ने

२६ माघ २०६९, शुक्रबार ०७:३८ मा प्रकाशित

काठमाडौं, २६ माघ । एमाओवादीको हेटौँडामा जारी एकताको सातौँ राष्ट्रिय महाधिवेशनको अवधि निर्धारित समयभन्दा लम्बिन पुगेको को छ । नयाँ नेतृत्व चयनमा विवाद बढेपछि अवधि बढेको हो । नेतृत्व चयनका लागि सात सदस्यीय निर्वाचन मण्डल गठन गरिएको राससले जनाएको छ।
एमाओवादीलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसारनयाँ केन्द्रीय समितिको छनोटका लागि निर्वाचन मण्डल गठन गरिएको छ। कुलानन्द गिरीको संयोजकत्वमा गठन गरिएको निर्वाचन मण्डलले ३ बजेदेखि निर्वाचनको प्रक्रिया अगाडि बढाएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। समितिमा मोहन स्वाँर, श्यामजी प्रधान, वासु सिग्देल, बालकृष्ण देवकोटा, दुर्गा न्यौपाने र जोगेन्द्र शाह रहेका छन्। महाधिवेशनमा नेता शशी शेरचनद्वारा प्रस्तुत विधानअनुसार केन्द्रीय कार्य समिति १५१ जनाकै बनाइने र बाँकीलाई वैकल्पिक केन्द्रीय सदस्यका रुपमा जिम्मेवारी दिइने बताइएको छ। यस्तै निर्वाचन मण्डलले केन्द्रीय लेखा आयोग र अनुशासन समितिसमेत गठन गर्ने बताइएको समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र