एमाओवादीको २०-३० वर्षे योजनाप्रति राप्रपा नेपालको आपत्ति

२६ माघ २०६९, शुक्रबार ०७:१७ मा प्रकाशित

रासस/ काठमाडौं, २६ माघ । राप्रपा नेपालले आगामी जेठभित्र संविधानसभाको निर्वाचन गराउन तटस्थ चुनावी सरकार गठनको माग गरेको छ। ‘वर्तमान राजनीतिक अवस्था र राप्रपा नेपालको भावी कार्यदिशा’ विषयक आज भएको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले आगामी जेठभित्र संविधानसभा र स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न तटस्थ चुनावी सरकार गठन गर्न माग गरेका हुन्। 
आत्मसमर्पणवाद र सर्वसत्तावादका कारण मुलुक गम्भीर सङ्कटमा पर्ने भएकाले त्यसविरुद्ध आफ्नो पार्टीले विगत पाँचरछ वर्षदेखि आवाज उठाउँदै आएको उल्लेख गर्दै अब आएर नेपाली कांग्रेस र नेकपा ९एमाले०समेतले आवाज उठाउन थालेको तथा त्यसको बीजारोपण तिनै पार्टीहरुले नै गरेको आरोप लगाए।
उनले एमाओवादीले २०र३० वर्ष सरकार चलाउने योजना बनाउनु ठूलो र अस्वाभाविक नभएको बताउँदै आफ्नो पार्टीको पनि १०० वर्षसम्म शासन सञ्चालन गर्ने योजना रहेको दाबी गरे।
राष्ट्रिय स्वाधीनताको खतरा कहाँबाट किन सिर्जना भयो, यसबारे काँग्रेस, एमालेलगायत नागरिक समाज र सञ्चारकर्मीहरुले गम्भीर रुपमा उत्तिकै महत्व दिएर आत्मसमीक्षा गर्नुपर्ने उनले बताए।
अन्तरिम संविधानका दस्तावेजहरु कोमामा राखिएको बिरामी जस्तो भएको उल्लेख गर्दै उनले राष्ट्रपतिले वर्तमान सरकारलाई काम चलाउ भनेपनि नयाँ प्रधानमन्त्री बनाउने प्रावधान संविधानमै नभएको विचार व्यक्त गरे। राष्ट्रपतिले चालेको कदम संवैधानिक दृष्टिकोणबाट विवादास्पद र राजनीतिक दृष्टिकोणले त्रुटीपूर्ण रहेको उनको टिप्पणी थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत