सोसलिष्ट इन्टरनेशनल काउन्सिलको मिटिङ सम्पन्न

२६ माघ २०६९, शुक्रबार ०३:५७ मा प्रकाशित

बिनोद घिमिरे, लिस्बोन । रोजगारी र दिगो विकासको नारा सहित बिश्वभरका समाजवादी पार्टीहरुको संगठन सोसलिष्ट इन्टरनेशनलको काउन्सिल मिटिङ पोर्चुगलको रमणीय स्थल कास्काईसमा सम्पन्न भएको छ। फेब्रुअरी ४-५ दुई दिन सम्म चलेको बैठकमा बिश्वभरका एक सय भन्दा बढी समाजवादी पार्टीहरुले भाग लिएका थिए प्रतिनिधि, पर्यवेक्षक र अतिथि गरि तीन सय भन्दा बढीको उपस्थिति रहेको थियो।

बैठकको शुभारम्भ गर्दै ग्रिसका पूर्व प्रधानमन्त्री तथा सोसलिष्ट इन्टरनेशनलका अध्यक्ष जर्ज पापन्द्रेउले युरोजोन तथा विश्वब्यापी आर्थिक मन्दी, मानव अधिकार, प्रजातन्त्र, शान्ति-सुरक्षा, विभेद, महिला हिंसाको अन्त्यका लागी समाजवादीहरुको एक्यवद्धता आवश्यक रहेको बताएका छन्। युरोजोनको आर्थिक मन्दी, विकासोन्मुख र विकासशील अर्थ ब्यबस्थाको संकट निवारण रणनीति, अरब मुलुकहरुमा उदाउदै गरेको प्रजातन्त्र र मानव अधिकारको अभ्यास लगायतका बिषय बैठकमा बहस भएका थिए।

सोसलिष्ट इन्टरनेशनलका महासचिब लुईस आयलाले उठान भएका बिषयहरुको समाधानका उपायहरुका बारेमा बोलेका थिए। काउन्सिल मिटिङ आयोजक पोर्चुगिज सोसियालिस्ट पार्टीका जोसे एन्टोनियो सेगुरोले पोर्चुगलको आर्थिक मन्दीले उत्पन्न गरेका समस्या र समाधानका लागि अपनाउनु पर्ने रणनीतिको बारेमा चर्चा गरे।

बैठकले नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवालाई सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्ष एबं एशिया प्याशिफिक रिजनको कोर्डिनेटर (चेयर) मा निर्विरोध निर्वाचित गरेको छ। काउन्सिल मिटिङमा नेपाली कांग्रेस पार्टीको तर्फबाट पुर्व सभासद तथा कांग्रेस नेत्री श्रीमती डा. आरजु देउवाको नेतृत्वमा पूर्ण हमाल, लक्ष्मी प्रसाद सापकोटा, रमेश कुमार गुरुङ, गंगाधर गौतम, भिम केसी कमल, भानु सापकोटा, शुसिल शर्मा गैरे र बिनोद घिमिरेले सहभागिता जनाएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

आजको प्रमुख समाचार