संवैधानिक परिषदको बैठकद्वारा संवैधानिक नियुक्तिको अवधारणा पारित

१६ चैत्र २०६८, बिहीबार १९:४८ मा प्रकाशित

काठमाडौ, १६ चैत । बिहिबार बसेको संवैधानिक परिषदको बैठकद्वारा संवैधानिक नियुक्तिको अवधारणा पारित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेलले बतएका  अनुसार परिषदले संवैधानिक नियुक्तिमा कस्ता व्यक्ति रहने भन्ने विषय पारित गरेको छ ।

संवैधानिक परिषद श्रोतका अनुसार बिहिबार पारित अवधारणा पत्रमा निजामती सेवामा विशिष्ट श्रेणीमा कार्यरत रहेको वा प्रथम श्रेणीमा १२ वर्ष कार्यकाल पुगेकालाई मात्र संवैधानिक निकायमा नियुक्ति गर्न सकिने प्राबधान रहेको छ । ६५ वर्षको उमेरको हद रहेको संवैधानिक निकायमा ४ वर्ष कार्यकाल बाँकी नरहेकालाई नियुक्ति गरिने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई