अब दश वर्षमा प्रचण्ड ‘अघाउने’ !

२५ माघ २०६९, बिहीबार १७:२० मा प्रकाशित

काठमाडौं, २५ माघ । एमाओवादीका अध्यक्ष प्रचण्डले छिमेकी भारतले नेपालमाथि पहिले पहिलेझैँ सीधै हस्तक्षेप नगरी नयाँ ढंगले हस्तक्षेप गरेको बताएका छन् । वित्तीय पुँजी र सूचना प्रविधिमा आएको विकासले विस्तारवादी र साम्राज्यवादीहरुले शोषणको तरिका बदलेका छन् भन्दै उनले बदलिएको परिस्थिति अनुसार आफूहरुले पनि नयाँ रणनीति विकास गर्ने उद्घोष गरे । हेटौँडामा भइरहेको पार्टीको सातौँ महाधिवेशनको बन्दशत्रमा झण्डै ४ घण्टा लामो सम्बोधनका क्रममा उनले सबै असमान सन्धी सम्झौता खारेज गरिनुपर्ने बताए ।आफ्नो पार्टी यो विषयमा प्रष्ट रहेको उल्लेख गर्दै उनले एक्काइशौं शताब्दीको आवश्यकता अनुसार नयाँ सन्धी सम्झौता गरिनुपर्ने र यसमा ढुलमुल या दायावाँया नगरिने जनाए ।
माओ मर्ने बेलासम्म चिनीयाँ कम्युनिस्ट पार्टीको अध्यक्ष भएको प्रसंग निकाल्दै प्रचण्डले भने, ‘उनले उत्तराधिकारी बनाएनन् तर हामीले सामुहिक नेतृत्वको टीम निर्माण गर्नुपर्छ। अब मेरो सक्रिय राजनीति १० वर्षमात्रै हुन्छ । पहिलेजस्तो २१ वर्षसम्म महाधिवेशन नगर्ने होइन, अब ४ -५ वर्षमै गर्नुपर्छ ।’
प्रचण्डले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा भए पनि चुनावी सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने प्रस्तावसमेत गरेका छन् । उनको प्रस्तावलाई पार्टी महाधिवेशनको बन्द सत्रले पारित गरेको छ । राजनीतिक सहमतिका लागि महाधिवेशनले ‘नयाँ फर्मुला’ ल्याउने उद्‍घोष गरेका प्रचण्डले बिहीबार बन्द सत्रमा ल्याएको उक्त प्रस्तावसंगै उनले पेस गरेको राजनीतिक प्रतिवेदनलाई सामान्य संशोधन गर्दै ताली बजाएर पारित गरेको छ ।  उनले संविधानसभा निर्वाचनको सुनिश्चितता नभएसम्म सरकार छाड्न नसकिने अडान पनि राखेका छन् । आफ्नो प्रतिवेदनमा सीमा विवाद जनमत संग्रहबाट समाधान गरिनुपर्ने राखेको प्रस्तावको व्यापक आलोचना भएपछि हटाएका छन् ।
चार घन्टा लामो आफ्नो जवाफी भाषणमा उनले क्रान्तिको बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको आधार तयार गर्नुपर्ने प्रचण्डले उल्लेख गरे ।  १२ बुँदे सम्झौता बाध्यतावस अवस्थामा गरिएको उनको कथन थियो ।
अन्यथा नभए एमाओवादीको महाधिवेशनको आज अन्तिम दिन हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट