राष्ट्रपतिलाई झक्झक्याउँदै कांग्रेस

२५ माघ २०६९, बिहीबार १५:०६ मा प्रकाशित

काठमाडौं, २५ माघ । एमाओवादीका सुप्रिमो प्रचण्डले प्रधानन्यायाधिशको नेतृत्वमा चुनावी सरकार बनाउने फर्मूला खोजिरहेको परिवेशबीच नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक संकट समाधानका लागि पुन राष्ट्रपति गुहारेका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले देशमा यतिबेला संवैधानिक संकट चुलिएकोले यस्तो अवस्थामा राष्ट्रपति चुप लागेर बस्न नहुने बताउँदै भने,‘ राष्ट्रपति संविधानको संरक्षक र पालक भएकाले संविधान उल्लङ्घनका घटनाप्रति राष्ट्रपति गम्भीर हुनुपर्दछ ।’ उनले संविधान उल्लङ्घनका घटनाहरु भइरहेको अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपतिले राख्छन् या फाल्छन् भन्ने राष्ट्रपतिमा निहित रहेको उल्लेख गरे । मुलुकका हरेक परिवर्तनको मोडमा कांग्रेसले अहम् भूमिका खेलेको स्मरण गराउँदै सभापति कोइरालाले अबको परिवर्तनका लागि पनि नेपाली कांग्रेसले गान्धीको अहिंसात्मक र शान्तिपूर्ण आन्दोलन गर्ने बताए ।
सोही अवसरमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भए संविधानसभाको निर्वाचन तीन महिनाभित्रै हुने दाबी गरे । कांग्रेस सरकारमा गए संविधान बनाउने डरले एमाओवादीले नेपाली कांग्रेसलाई निषेध गर्न खोजेको पौडेको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार