अमेरिकी विकास नियोगको सहयोगमा ‘जीवनको लागि स्वास्थ्य’ सुरुवात

२५ माघ २०६९, बिहीबार १४:०१ मा प्रकाशित

काठमाडौं, २५ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा अमेरिकी विकास नियोगले एक करोड असी लाख अमेरिकी डलर बजेट भएको ‘जीवनको लागि स्वास्थ्य’ कार्यक्रम सुरुवात गरेका छन् । पाँच वर्षसम्म सञ्चालन हुने यस कार्यक्रमले मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य तथा परिवार नियोजनसँग सम्बन्धित गतिबिधिहरु सञ्चालन गर्नुको साथै स्वास्थ्य व्यवस्थामा पनि सहयोग गर्ने बताइएको छ । जीवनको लागि स्वास्थ्य कार्यक्रमले मन्त्रालयले दोस्रो नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमबाट हासिल गरेका सफलताहरु तथा अमेरिकी विकास नियोगले हालसम्म नेपालको स्वास्थ्य क्षेत्रमा गरेको लगानीमा इँटा थप्ने काम गर्ने विश्वास लिइएको छ । यस कार्यक्रमले नेपाल सरकारको योजना तर्जुमा गर्ने, व्यवस्थापन गर्ने तथा उच्च गुणस्तरको मातृ, नवजात तथा बाल स्वास्थ्य तथा परिवार नियोजनका सेवाहरु प्रदान गर्ने क्षमतामा अभिवृद्धि गर्ने उद्देश्य राखेको छ ।
अमेरिकी विकास नियोगकी मिसन उपनिर्देशक शीला लुट्जेन्सले आफ्ना कार्यक्रम भएका सबै क्षेत्रहरुमा नियोगको ध्यान स्थानीय तहमा क्षमता अभिवृद्धि गर्ने तथा प्रभावकारी व्यवस्था निर्माण गर्नेमा गैरहेको बताउनुभयो । लुट्जेन्सले जीवनको लागि स्वास्थ्य कार्यक्रमको यस पहलमा एक केन्द्रीय भूमिका रहनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘आगामी पाँच बर्षमा अमेरिकी विकास नियोगले नेपाल सरकारसँग प्रभावकारी कार्यान्वयन, बजेट तर्जुमा तथा सामाजिक क्षेत्र विकास कार्यक्रमहरुलाई अधिकतम् आवश्यकता भएकाहरुसम्म पुर्याउने गरी कार्यान्वयन गर्न सहकार्य गर्नेछ।’ यस कार्यक्रमले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, केन्द्रीय, जिल्ला तथा सामुदायिक तहमा संलग्न स्वास्थ्य क्षेत्रमा कार्यरत बाह्य विकास साझेदारहरुसँग सम्न्वय गरी काम गर्नेछ । जीवनको लागि स्वास्थ्य कार्यक्रमहरुले  स्थानीय स्वास्थ्य व्यवस्था, निर्णय प्रक्रियाको लागि तथ्याङ्क तथा तथ्यमा आधारित नीति निर्माण, मानव संसाधन, गुणस्तर अभिवृद्धि व्यवस्था, बन्दोबस्तीको व्यवस्था तथा ज्ञान तथा व्यवहार जस्ता स्वास्थ्य व्यवस्था क्षेत्रका प्रमुख सीमितताहरुलाई सोझै सम्बोधन गर्नेछ । केन्द्रीय तहमा योगदान दिनुको अलावा यसले पश्चिम तथा मध्य पश्चिम क्षेत्रका चौध जिल्लामा पनि कार्यक्रम गर्नेछ । यस कार्यक्रमको एक उद्देश्य यस कार्यक्रमलाई राष्ट्रियरुपमा विस्तार गर्नको लागि सहयोग पुर्याउन नीति निर्माणकर्ताहरुलाई यसका सिकाइ तथा असल अभ्यासहरुलाई प्रभावकारीरुपमा हस्तान्तरण गराउनु पनि रहेको बताइएको छ ।
नेपाल स्वास्थ्य तालिम केन्द्रमा आयोजित कार्यक्रमको सुरुवातमा अमेरिकी विकास नियोग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जीवनको लागि स्वास्थ्य कार्यक्रमको कार्यान्वयन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यस कार्यक्रमलाई आरटीआई इन्टरनेशनलले जेएचपीगो नामक एक अन्तराष्ट्रिय संस्था तथा विभिन्न नेपाली गैरसरकारी संस्थाहरुसँग मिलेर कार्यान्वयन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार