शुक्रबारको विरोधसभा ऐतिहासिक बनाउने तयारी पूरा भएको विपक्षी दलहरुको दाबी

२५ माघ २०६९, बिहीबार ०९:४३ मा प्रकाशित

काठमाडौं, २५ माघ । उपत्यका स्तरीय संयुक्त लोकतान्त्रिक आन्दोलन परिचालन समितिले सरकारविरुद्ध शुक्रबार खुलामञ्चमा हुने शक्ति प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गर्दै आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले एमाओवादी नेतृत्व र स्वघोषित मधेसवादी मोर्चासमेतको सरकारको गठबन्धनमा मुलुक बन्दी भएको, आतंक, अराजकता एवम् चरम भ्रष्टाचारले मुलुक आक्रान्त भएकाले आन्दोलनबाटै वर्तमान निरंकुश सरकारलाई हटाउन सडक आन्दोलनमा उत्रन उपत्यकावासीलाई आग्रह गरेका छन् । देश संवैधानिक अंगविहीन बनाएर सत्ता कब्जा गर्ने सत्ताधारीहरूको षड्यन्त्र विफल बनाउन उनीहरुले आग्रह गरेका छन् ।
विपक्षी नौ दलको तर्पmबाट जारी विज्ञप्तिमा सहमतिको सरकारको निर्माण गरी संविधानसभाको चुनावको निश्चितता नभएसम्म मुलुकले निकास पाउन नसक्ने भएकोले आन्दोलनबाटै वर्तमान सरकार ढाल्न आग्रह गरिएको छ ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापा, बाराका वीरेन्द्र साह, लमजुङका शिक्षक मुक्ति अधिकारीका परिवार न्यायको ढोका ढक्ढक्याउने तयारीमा रहेको भन्दै विज्ञप्तिमा १७ हजार मृतकका परिवारका साथै गरिब नेपाली जनतासँग लुटेको चन्दाको हिसाब अब एमाओवादीले बुझाउनुपर्ने बेला आएको जनाइएको छ ।
विपक्षी नौ दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले) राष्ट्रिय जनशक्ति पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाल सद्भावना पार्टी (आ.) र चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल छन् ।
यसैबीच, प्रचारको सिलसिलामा विपक्षी दलहरूले आज बिहीबार ४ हजारभन्दा बढीको मोटरसाइकल ¥याली आयोजना गर्ने भएका छन् । ¥यालीको नेतृत्व महिलाहरूले गर्नेछन् । ¥यालीका लागि दुईओटा एम्बुलेन्सको व्यवस्था पनि गरिएको छ । उता, हिजो बुधबार नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा भोटाहिटीबाट न्युरोड गेटसम्म घरदैलो कार्यक्रमअन्तर्गत पर्चा वितरण, माइकिङ कार्यक्रम भएको छ । उपत्यकाका तीन जिल्लाका १५ ओटै निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीले जनपरिचालन गरेको बताइएको छ ।  हालसम्म प्रचारका लागि एमालेले २ सय ९० स्थानमा कोणसभा गरिसकेको छ ।
यस्तै, नेपाली कांग्रेसले काठमाडौं न्युरोडको जुद्ध सालिकअगाडि बुधबार अराह्न ४ बजे पर्चा वितरण कार्यक्रम ग¥यो । कांग्रेस महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्यहरू गोपालराज पहाडी, नविन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डेलगायत नेता तथा सयौं कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत

काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु