एमाओवादी पदाधिकारी चयनमा तिब्र विवाद

२५ माघ २०६९, बिहीबार ०९:४० मा प्रकाशित

काठमाडौं, २५ माघ । राष्ट्रियता लगायतका विषयमा आन्तरिक रुपमै विवादित एनेकपा माओवादीको जारी सातौं महाधिवेशनमा केन्द्रीय समिति र पदाधिकारी चयनको विषयमा पनि विवाद चुलिएको बुझिएको छ । अध्यक्षमा पुष्पकमल दाहाल सर्वसम्मत हुने भए पनि उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा नेताहरूबीच विवाद चुलिएको हो । एमाओवादीका शीर्ष तीन नेताले पदाधिकारीमा सहमति हुने भन्दै सबैलाई मिलाउने बताइरहेको अवस्थामा महासचिवमा चारजना आकांक्षी देखिएको स्रोतको भनाई छ । बताइएअनुसार वर्षमान पुन, गिरिराजमणि पोखरेल र टोपबहादुर रायमाझीले महासचिवमा दाबी प्रस्तुत गरेका छन् भने यसअघि नै वरिष्ठ नेता भनिएका कृष्णबहादुर महरा र सचिव पोष्टबहादुर बोगटीले महासचिवमा दाबी गरेका थिए । तर बोगटीलाई उपाध्यक्ष बनाइने प्रचण्डको चाहनामा उनले सहमति जनाएपछि महासचिवमा प्रचण्डका तर्फबाट महरालाई अघि सारिएको छ । महरालाई महासचिव बनाई दाबेदार तीनैजना पुन, रायमाझी र पोखरेललाई सचिव बनाउने सहमति एमाओवादीका शीर्ष नेताहरुबीच भएको बताइन्छ ।
तथापि, एमाओवादी नेतृत्वले पदाधिकारी चयनको विषयमा कुनै विवाद नभएको र आफूहरू सहमतिनजिक पुगेको बताएका छन् ।
स्रोतका अनुसार उपाध्यक्षमा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन र पोष्टबहादुर बोगटी गरी चारजनालाई राखिने आन्तरिक सहमति भएको छ । अध्यक्षमा दाहाललाई सर्वसम्मत चयन गर्ने र पदाधिकारी छनोटमा सहमतिनजिक पुगे पनि पोलिटब्युरो र केन्द्रीय समिति सदस्यमा भने चर्को विवाद देखिएको छ । आफ्ना धारणा राख्ने क्रममा टोली नेताहरूले केन्द्रीय समितिलाई चुस्तदुरुस्त बनाउन दबाब दिइरहेका छन् । शीर्ष नेताबीच यसअघि नै १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमतिसहित प्रस्ताव गरे पनि आकांक्षी निकै बढी देखिएपछि समस्या आएको हो । महाधिवेशन आयोजक समितिमा रहेका २ सय ५० सदस्यले आफूहरूलाई केन्द्रीय समितिमा राख्न दबाब दिइरहेका छन् । उनीहरूले सहमतिको माध्यमबाट बन्ने केन्द्रीय समितिमा आफूहरूको भूमिका प्रस्ट पार्न आग्रह गरेका हुन् । केन्द्रीय समितिमा बस्न चाहने आकांक्षी बढेपछि एमाओवादीमा केन्द्रीय समितिलाई १ सय ५१ नै बनाई आमन्त्रित सदस्य एवं सल्लाहकार समितिमा राख्ने गरी आयोजक समितिका सबैलाई समावेश गर्ने तयारी भएको स्रोतले बतायो ।

स्रोतका अनुसार नौ सदस्यीय पदाधिकारी बनाउने सहमति भएपछि कोषाध्यक्षमा दुईजनाको नाम प्रस्ताव गरिएको छ । शीर्ष नेताको बैठकमा वरिष्ठ नेता अमिक शेरचन र हिसिला यमीको प्रस्ताव आएको हो । शेरचनलाई उपाध्यक्ष बनाउने सहमति भइसकेकाले यमीलाई कोषाध्यक्ष बनाउनुपर्ने अडान भट्टराईले राखेका छन् । उपाध्यक्ष भट्टराईले हिसिलालाई कोषाध्यक्ष बनाउनुपर्ने अडान नछाडेको एक नेताले बताए । तर, भट्टराईको सो प्रस्तावमा दाहाल पक्षधरले आपत्ति जनाएका छन् । श्रीमाननबाटै श्रीमतीको प्रस्ताव आउनु आपत्तिजनक भएको भन्दै सहमति नगर्न उनीहरूले दाहाललाई दबाब दिइरहेको स्रोतले बतायो । उनीहरूले सरकारमा रहेर भट्टराईको सहयोगीका रूपमा अकूत सम्पत्ति आर्जन गरेको, नातागोतालाई राम्रो ठाउँमा जागिर लगाएको विषय उठाई यमीलाई कोषाध्यक्ष स्वीकार गर्न नसकिने अडान राखेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार