विदेशी चलखेलमा सघाउनेलाई नेकपा–माओवादीले कारबाही गर्ने

२५ माघ २०६९, बिहीबार ०९:०६ मा प्रकाशित

काठमाडौं, २५ माघ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले राष्ट्रियताको मुद्दामा आगामी केही साताभित्रै आन्दोलनमा उत्रने तयारी गरिरहेको बुझिएको छ । एक माओवादी केन्द्रीय नेताका अनुसार आन्दोलनका कार्यक्रम चाँडै सार्वजनिक गरी राष्ट्रियताको आन्दोलनमा उत्रने तयारी तिब्र रुपमा भइरहेको छ ।
सरकारले उक्त आन्दोलनलाई दबाउने चेष्टा गर्न सक्ने भएकोले नयाँ र प्रतीकात्मक आन्दोलन गर्नुपर्नेमा माओवादी बैठकमा कुरा उठेको बताइन्छ । केन्द्रीय सदस्य भरत बमले भने, ‘पार्टीको बैठकमा सरकारविरोधी मात्र नभएर राष्ट्रियतासँग गाँसिएका मुद्दालाई पहिलो प्राथमिकता दिनुपर्नेमा आवाज उठेको थियो ।’ आन्दोलनलाई देशी तथा विदेशी तत्वहरूबाट समेत दमन हुने भएकाले ती सबैको प्रतिकार गर्न सक्ने खालका आन्दोलनका कार्यक्रम ल्याउनुपर्छ भन्नेमा माओवादीका केन्द्रीय नेताहरु एकमत देखिएका छन् ।
समाचार स्रोतका अनुसार बैठकले आन्दोलनको पहिलो कार्यक्रमअन्तर्गत नेपालमा रहेर विदेशीसँग नजिक भई काम गर्ने व्यक्ति तथा संस्थाहरूको नामावली सङ्कलन गरी उनीहरूलाई डिस्करेज गर्ने कार्यक्रम तय गरिसकेको छ । विदेशीहरूसँग नजिक रहेर काम गर्ने संस्था तथा व्यक्तिको नामावली सङ्कलन गर्न आफ्ना तल्लोस्तरका कमिटीलाई गोप्य रूपमा सर्कुलरसमेत भइसकेको बुझिएको छ । नामावली सङ्कलनपछि विदेशीसँग नजिक रही उनीहरूका लागि काम गर्ने व्यक्तिलाई पहिलो चरणमा सार्वजनिक रूपमा विदेशीको इसारामा काम नगर्न भन्ने, यति गर्दा नमाने विभिन्न स्थानमा गरिने पार्टीका सभाहरूबाट तिनका नाम सार्वजनिक गर्ने, सार्वजनिक स्थानमै मोसो दल्ने, दलालको सूचीमा नाम चढाउनेलगायतका रहेका छन् । त्यस्तै, विदेशीसँग नजिक रहेर काम गर्दै आएका संस्थाहरूलाई निरुत्साहित गर्ने तथा उनीहरूलाई काम गर्न नदिने तथा काम गरे पनि पार्टीले तय गरेको आचारसंहितामा रहेर मात्र काम गर्न दिने भन्ने रहेको छ । नेपालमा विदेशीहरूको दादागिरी ह्वात्तै बढेकाले बाध्य भएर यस्तो कार्यक्रम ल्याउने तयारी गरेको बुझिएको छ । तर, यसबारे आधिकारिक रूपमा केन्द्रीय नेताहरूले खुलेर बोलेका छैनन् ।
‘नेपालमा विदेशीसँग नजिक रहेर काम गर्ने व्यक्ति अत्यधिक रहेको हाम्रो ठम्याइ छ,’ एक माओवादी  नेताले भने, ‘विदेशीलाई गाली गर्नुभन्दा पहिले स्वदेशकै विदेशी दलाललाई तह लगाउँदा मात्र राष्ट्रियताको आन्दोलन प्रभावकारी हुने देखिएको छ ।’ राजनीतिक दलका नेता, निजामती प्रशासनका सरकारी कर्मचारी, मानव अधिकारका नाममा काम गर्दै आएका व्यक्ति तथा संस्थाहरू बढी विदेशीहरूसँग नजिक रहेर काम गरिरहेको नेकपा–माओवादीको ठम्याइ छ । शान्तिप्रक्रियासँगै नेपालमा विदेशीहरूको चहलपहल बढेकाले त्यसलाई नियन्त्रण गर्न यसखाले आन्दोलनको कार्यक्रम तय गर्न लागेको माओवादी नेतृत्वको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार

आजको प्रमुख समाचार