राजदूत चालिसे ‘ग्रासरुट डिप्लोम्याट’ अवार्डबाट सम्मानित

२५ माघ २०६९, बिहीबार ०९:०४ मा प्रकाशित

काठमाडौं, २५ माघ । बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे संयुक्त अधिराज्यको ‘ग्रासरुट डिप्लोम्याट’ अवार्डबाट सम्मानित हुनुभएको छ । सोसियल एवम् इकोनोमिक डिप्लोम्यासीमार्फत बेलायतमा बसोवास गर्दै आएका गोर्खाली नेपालीलाई बेलायती समाजमा समायोजन गर्न राजदूत डा. चालिसेले गर्नुभएको उच्चतम् प्रयासका लागि सो अवार्ड प्रदान गरिएको हो ।
अवार्ड प्रदान गर्न आयोजित समारोहमा अवार्ड प्राप्त गरेपछि मन्तव्य दिँदै राजदूत डा. चालिसेले परिश्रम र अनुशासनका लागि विश्वमै परिचित रहेका गोर्खाली नेपालीलाई बेलायती समाजमा समायोजन गराइनु अपरिहार्य रहेको बताउनुभएको बेलायतस्थित नेपाली दुतावासले जनाएको छ ।
प्राप्त समाचारअनुसार ‘ग्रासरुट डिप्लोम्याट’ले आफ्नो कार्यको कदर गर्दै अवार्ड प्रदान गरेकोमा खुशी प्रकट गर्दै उहाँले भन्नुभयो, ‘बेलायतमा भिन्न आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान बोकेर आएका नेपालीलाई बेलायती समाजमा समायोजन गराउने कार्य चुनौतीपूर्ण रहेको छ, यस अवार्डले दूतावास र मलाई पनि अभियानमा लाग्न थप उत्साहित तुल्याएको छ ।’
स्मरण रहोस्, यो अवार्ड त्यस्ता व्यक्ति–व्यक्तित्वलाई प्रदान गरिन्छ जसले संयुक्त अधिराज्यको द्विपक्षीय सम्बन्धको समस्या र अवसरलाई उच्च तहमा पु¥याउने सामथ्र्य राख्दछ । सो अवार्डका लागि बेलायतस्थित उच्चस्तरीय राजनीतिज्ञ, सरकारी पदाधिकारीहरु तथा कूटनीतिज्ञहरु गरी पचास व्यक्तित्व मनोनीत हुनुभएको थियो । नेपाली राजदूत डा. चालिसेका अलावा बेलायतका लागि ब्राजिल, कोलम्बिया, अर्जेन्टिना, फिनल्याण्ड, फिलिपिन्स, होण्डुरस, मल्डोभा, स्लोभानिया र इजरायलका राजदूतहरु पनि सो अवार्डका लागि मनोनीत भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल