क्यान इन्फोटेक मेलाको अन्तरकथा

२५ माघ २०६९, बिहीबार ०९:०१ मा प्रकाशित

काठमाडौं, २५ माघ । बुधबारदेखि काठमाडौंको भृकुटी मण्डपमा क्यान ईन्फोटेक मेला सुरु भएको छ । विगतका बर्षहरुमा जस्तै नयाँ टेक्नोलजीमा खासै जानकारी नभएका सर्वसाधारणसँग चर्को मुल्य सुलेर आईटीको व्यापार मेला गरिँदै आइएको भुक्तभोगीहरुको कथन छ । समाज कल्याण परिषदअन्तर्गत रहेको भृकुटी मण्डप सञ्चालक समितिलाई सबैभन्दा बढी भाडावापतको रकम क्यानले नै बुझाउने गरेको सञ्चालक समितिले जानकारी दिएको छ । करोडौं रुपैयाँ राजस्व छलेर ल्याइएका सामानहरु विना भ्याटविल सर्वसाधारणलाई भिडाएर क्यानका हर्ताकर्ताहरुले राजश्व त छलेकै छन् त्यसको अलावा टुटेफुटेका, मर्मत गरिएका, ग्यारेन्टी र वारेन्टी नभएका सामान भिडाएर पठाउने गरिएको सम्वद्ध कर्मचारीहरु नै बताउँछन् ।
२१ औं सदिमा इन्फरमेसन टेक्नोलोजीको ठूलो महत्व रहेको भए पनि नयाँ प्रविधि र इन्फरमेसन टेक्नोलोजीमा त्यति चासो नराख्ने सर्वसाधारणलाई क्यानका व्यापारीहरुले खुलेआम बेईमानी गर्दा सम्बन्धित निकाय भने मौन रहनु विडम्वनाको विषय बनेको छ ।
क्यान ईन्फोटेकको एक्स्ट्रा आम्दानी के हो  भन्ने कुरा नै प्रष्ट छैन । सामान किनेपछि भ्याट विल किन दिईदैन ? पकेट सञ्चार माध्यामहरुलाई कब्जा गरेर एकलौटी शासन चलाउँदा सरकार आँफै ठगिएको थाहा पाउँदैन । क्यानहोस वा ईक्यान यी दुवै संस्थाहरुले विगतदेखि नै सर्वसाधारणलाई नयाँ टेक्नोलजी र ईन्फर्मेसन टेक्नोलजीमा ठग्दै आएको कसैका सामु छिपेको छैन । सञ्चारकर्मीहरुलाई पेनड्राइभ वा अन्य स–साना सामान बाँडेर होस वा लोटरीका नाममा सर्वसाधारणको ध्यान आकर्षण गर्न सफल बन्दै आएको क्यानले बिल माग्यो भने कार्ड दिएर पसलमा आउनु भन्ने गर्दछन् । पसलमा गयो थप रकम भ्याटवापत दिए मात्र भ्याटविल दिन सहमत हुन्छन् । त्यसैले भन्नुपरेको हो राजस्व छल्नुका साथै सर्वसाधारणको आँखामा खुर्सानी छर्केर क्यान ईन्फोटेक २०६९ सुरु भएको छ भनेर ।
स्रोतका अनुसार २४ गतेदेखि २९ गते सम्म भृकुटी मण्डप सञ्चालक समितिलाई क्यानले दिने भाडा समेत थोत्रा सामानमा जोडी सस्तो भन्ने गरिएको छ । भृकुटी मण्डप बँगैचाको दैनिक ५० हजार भाडा पर्छ, बगैँचापश्चिमको खाली ठाउँलाई पनि प्रतिदिन ५० हजार तिर्नु पर्छ । हलभित्र भने त्यसको डब्बल भन्दा बढी भाडा तिर्नु पर्ने हुन्छ । नक्कली खेलौना जस्ता सामान ग्राहकलाई भिडाएर नयाँ इन्फरमेसन टेक्नोलोजी राजनीति भैरहँदा हामी भने आफ्नो अधिकार संरक्षण गरी सक्कली सामान छुट्टाउन सक्ने अवस्थामा छैनौँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने