पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा; बिहीबार धनगढीमा नागरिकद्वारा भब्य स्वागत

१६ चैत्र २०६८, बिहीबार १९:३८ मा प्रकाशित

धनगढी, १६ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहाका क्रममा बिहीबार धनगढी पुगेका छन् । पूर्वराजा शाह स्थानिय मन्दिरहरुमामा पूजापाठ गर्ने क्रममा धनगढी पुगेका हुन् ।

बुद्धएयरबाट बिहीबार धनगढी पुगेका पूर्वराजालाई विमानस्थलमा राजावादीले भब्य स्वागत गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा हजारू महिला, र बालबालिका लामबद्धथिए । पूर्वराजा ज्ञानेन्द्र शाहको धनगढी आगमन संगै दलहरुको गतिबिधिबाट वाक्क दिक्क भएका नागरिकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएक थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिमानस्थलबाटै ३ सय भन्दा बढी मोटरसाईकल सहित ठुलो समुहले धनगढी पुर्याएको थियो । धनगढीको प्रत्यक चोक र नाकाबाट बाजागाजासहित पूर्वराजा ज्ञानेन्द्र शाहलाई होटल रुवसमा भित्राइएको थियो । भ्रमणलाई शिव सेना नेपालकाको टिसर्ट लगाएका सयौं स्थानिय युवाले हातका घेरा हालेर सुरक्षा दिएका छन् ।

स्थानीय आयोजक हरुका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार महेन्द्रनगरस्थित सिद्धवावा मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

सुदूरपश्चिममा रहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले लक्ष्मिनरायण, नैनादेवी मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप