हिमालय फाइनान्सका प्रबन्धक ठगीमा पक्राउ

२४ माघ २०६९, बुधबार १८:३५ मा प्रकाशित

काठमाडौं, २४ माघ । हिमालय फाइनान्स लि. शाखा कार्यालय ललितपुरका शाखा प्रबन्धक अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको निर्देशनविपरित अनियमित तवरले कर्जा प्रवाह गरी संस्थाको साधन हिनामिना गरेको तथा उक्त कर्जा चुक्ता नगरी र नगराइ निक्षेपकर्ता, साहु, लगानीकर्ता र संस्था तथा वित्तिय प्रणालीलाई जोखिममा पारी बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ७, ८, ९ र १४, नेपाल राष्ट्र बैंक ऐन २०५८ तथा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०६३ बमोजिमको कसुरमा संलग्न रहेकोले निज प्रधानलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार पक्राउ गरेको हो ।
सोही फाइनान्सका अध्यक्ष हिमालयभक्त प्रधानाङ्गलाई पनि गत साता करोडौँ ठगी गरेको अभियोगमा प्रहरीले हिरासतमा लिएको थियो । स्मरण रहोस्, हिमालय फाइनान्सका अध्यक्ष प्रधानाङ्ग चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष हुन् भने सो पार्टीका महासचिव बद्री न्यौपाने बाबुराम नेतृत्वको सरकारमा मन्त्री रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत