माओवादी सुध्रिएको इतिहास संसारमै छैन : यादव

२४ माघ २०६९, बुधबार १७:५२ मा प्रकाशित

काठमाडौं, २४ माघ । सरकारविरुद्ध विपक्षी दलहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएको परिवेशबीच मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू अलग्गै ढंगले आन्दोलनमा जाने बताएका छन् । प्रतिपक्षको आन्दोलनलाई ‘सत्ताको लागि’ र सत्तापक्षको आन्दोलनलाई ‘लुट गर्ने छुट पाउनको लागि’ भन्ने आरोप लगाउँदै यादवले आफूहरु छुटटै मोर्चा निर्माण गरेर आन्दोलनको तयारीमा जुटेको बताए । फोरम नेपाल निष्पक्ष निर्वाचनको लागि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार बन्नुपर्ने पक्षमा रहेको उनले प्रस्ट्याए ।
वर्तमान सरकारको बहिर्गमन, त्यसपछि ताजा जनादेश र त्यसको लागि तटस्थ चुनावी सरकार निर्माण नै अहिलेको राजनीतिक समस्याको निकास भएको उल्लेख गर्दै उनले घोषणा गरेर निर्वाचन गर्न सक्ने, शान्ति, सुरक्षा, सशासन दिन नसक्ने सरकारबाट अब कुनै कुराको पनि आशा नभएकोले स्वतन्त्र ब्यक्तिको नेतृत्व हुनु पर्ने तर्क उनको थियो ।
एकीकृत नेकपा माओवादी सुध्रिएर लोकतान्त्रिक बाटोमा आउला भन्ने आफूलाई विश्वास नै नभएको भन्दै यादवले भने– ‘संसारमा कतै पनि माओवादी सुध्रिएको इतिहास छैन । नेपालमा सुध्रिए अचम्म हुन्छ ।’
सीमा विवाद कुट्नीतिक च्यानलबाट प्राविधिकहरु परिचालन गरेर गर्नु पर्नेमा प्रचण्डले जनमत संग्रहबाट गर्नु पर्छ भनि गरको प्रस्तावलाई हास्यास्पद भन्दै सीमा विवादमा जनमत संग्रह हुनै नसक्ने तर्क यादवले गरे ।
सोही कार्यक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरदसिंह भण्डारीले विधिविहीनताको अवस्थाका कारण सरकार सर्वसत्तावादतिर मुलुक उन्मुख भएको भन्दै अहिलेको निकास बर्तमान सरकारको बर्हिगमन र नयाँ स्वतन्त्र चुनावी सरकार मार्फत निर्वाचन मात्रै भएको दावी गरे । आफ्नो पार्टी विप्पा सम्झौताको पक्षमा रहेको स्पष्ट पार्दै भण्डारीले नेपालले अन्तर्राष्ट्रिय लगानी संरक्षण गर्न नसके विदेशी लगानी आउनै नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

आजको प्रमुख समाचार