प्रचण्ड ‘लेण्डुप दोर्जे’ बन्ने सीपीको दाबी, तस्करीका लागि आर्थिक सेनाको प्रस्ताव गरेको आरोप

२४ माघ २०६९, बुधबार १७:४२ मा प्रकाशित

काठमाडौ, २४ माघ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सीमा विवादमा जनमत संग्रह गर्ने प्रस्ताव गरेर प्रचण्ड लेण्डुप दोर्जे बन्न खोजेको आरोप लगाएका छन् । राजधानीमा बुधबार आयोजित साक्षात्कारमा उनले सिक्किमलाई भारतमा विलय गराउने बेलामा लेण्डुप दोर्जे लगायतकाहरुले जनमत संग्रह गर्ने प्रस्ताव गरेको स्मरण गर्दै सीमा विवादमा जनमत संग्रह गर्ने प्रचण्डको प्रस्ताव डरलाग्दो राष्ट्रघात तर्फ उन्मुख बभएको दावी गरे ।
माओवादी नेता गजुरेलले भने– ‘सिक्कीम भारतमा गाभिने बेलामा जनमतसंग्रहको माग गरिएको थियो । नेपालको राष्ट्रियता खतरामा परेको बेला यो विषय आउनु गंभिर हो । सिक्किममा लेण्डुप दोर्जेहरुले यस्तै माग गरेका थिए । तर यति छिटो यस्तो प्रस्ताव आउँछ जस्तो लागेको थिएन ।’ उनले नारायणकाजी श्रेष्ठले राष्ट्रियताको कुरा उठाउनु लाजलाग्दो विषय भएको उल्लेख गर्दै आवश्यक पर्दा उनी बाबुराम भट्टराई र प्रचण्डभन्दा कम राष्ट्रघाती नहुने ठोकुवा गरे । गजुरेलले भने– ‘नारायणकाजी  राष्ट्रवादी होईनन, उनले मालिकले दिएको मुद्दा उठाएका मात्रै हुन् ।’ उनले आफै सहभागि भएको सरकारले गरेको विप्पा सम्झौताको विरोध गर्न अहिले नसुहाउने भन्दै राष्ट्रबादी भएको भए त्यतीबेला नै सरकार छाडेर विरोध गर्नुपर्ने थियो भन्ने तर्क गरे । नाराणकाजीको ‘मालिक’ को हो भन्ने सवालको जवाफ भने सीपीले आफै बुझ्नुस् भन्दै टारेका थिए ।
दक्षिण अमेरिकी राष्ट्रहरुमा आर्थिक सेना बनाएर अफिमको तस्करी र समुन्द्री डकैती गर्ने गरेको उल्लेख गर्दै प्रचण्डले बनाउने प्रस्ताव गरेको आर्थिक सेना पनि त्यस्तै भएको आरोप लगाए । गजुरेलले भने–‘जनमुक्ती सेनालाई आत्मसर्मपण गराएर गठन गर्न लागिएको आर्थिक सेना के हो ? यो रक्तचन्दन, यार्सागुम्बाको तस्करीमा अधिपत्य जमाउन मात्र हो । यसले नेपालको अर्थतन्त्रलाई कहाँ पुर्याउँछ गंभिर आशंका छ ।’
एमाओवादीले विधिवत रुपमा कम्यूनिष्ट सिद्धान्त छाडेको दावी गर्दै उनले कम्यूनिष्ट सिद्धान्त छाडे पनि प्रचण्ड र बाबुराम भट्टराई भट्टराईसँग सैद्धान्तिक आधार नभएकोले संसदीय ब्यवस्थामा आउँछन भनेर एमाले र कांग्रेस भ्रममा पर्न नहुने तर्क समेत गरे । आफूहरुले पहिलादेखि चिनाउन गरेको प्रयास कठिन भइरहेको अवस्थामा महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावले प्रचण्डले आफूले आफूलाई प्रष्ट बनाएकोमा धन्यबाद दिए । गजुरेलले नेपालका राजनीतिक दलहरु सरकार बनाउन र चलाउन सक्षम भएकोले निर्वाचनको लागि सहमतिको चुनावी सरकार नै बनाउनु पर्ने बताए ।
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट हटाउन आगामी फागुन १ गतेदेखि नेकपा–माओवादीले आन्दोलन थाल्ने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।