बेलायतमा समलिंगी बिबाहसम्बन्धी कानून पारित

२४ माघ २०६९, बुधबार ०८:०४ मा प्रकाशित

एजेन्सी/ कैयन कन्जरभेटिभ सांसदहरुको विरोधका वावजुद बेलायतको संसदले समलिंगी बिबाहसम्बन्धी कानून पारित गरेको छ । दिनभर चलेको गरमागरम बहसपछि प्रस्तावको पक्षमा ४०० मत परेको र १७५ सांसदहरुले उक्त प्रस्तावको विरोध गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । 
बेलायतका प्रधानमन्त्री कैमरनले यसरी समलिंगी बिबाहको कानून ल्याउनुलाई समाज मजबुत तुल्याउन बढाइएको कदमका रुपमा व्याख्या गरेका छन् ।
करिब १ सय ५० सांसद यस्तो कानूनको पूरै विपक्षमा रहेको ठानिएको भए पनि पूर्व बालबालिकामन्त्री तथा टोरी सांसद टिम लोटनका अनुसार लेबर पार्टीका सांसदहरु र लिवरल डेमोक्रेटिक सांसदहरुले पनि उक्त प्रस्तावको विरुद्धमा मत दिएका थिए । उनका अनुसार १३२ कंजरभेटिभ सांसदहरुले पक्षमा भोट दिएका थिए, यसको अर्थ यो हुन्छ कि धेरैजसो कन्जरभेटिभ सांसदहरुले यसको विरोध गरे ।
उपप्रधानमन्त्री तथा लिव डेम नेतानिक क्लेगले भने, ‘यसरी समलिंगी बिबाहको कानून पास भएको दिनलाई हामी बेलायतमा समानता ल्याउने दिवसका रुपमा सम्झना गर्नेछौँ । तपाईं जेजस्तो भए पनि, जसलाई प्रेम गरे पनि हामी सबै बराबर हौँ । बिबाहको मतलब प्रेम र प्रतिवद्धता हो र कसैलाई पनि समलिंगी भएकै कार प्रेम र अधिकारबाट बञ्चित गर्न मिल्दैन ।’
विपक्षी नेता एड मिलिबैंडले पनि यो एक गौरवशाली दिन भएको भन्दै समानताको लडाइँमा बेलायतले अर्को एक पाइला अघि बढाएको प्रतिक्रिया दिए ।
तथापि, कंजरभेटिभ सांसद डेभिड बरोजले भने बेग्लै प्रतिक्रिया दिएका छन् । उनले हामी पुरुषहरु महिलालाई बराबरी हिसाबमा सम्मान दिन्छौँ तर यसको मतलब हामी दुबैका बीच प्राकृतिक रुपमा समानता छ भन्ने त होइन, बिबाह भन्ने कुरा महिला र पुरुषबीच रहेको भिन्नताको सराहनाका लागि हो भन्ने धारणा राखे । उनले उक्त विल हाउस अफ लर्डस्मा पुगेपछि चर्को विरोधको सामना गर्नुपर्ने दाबी पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

भारतमा एकैदिन ८० लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । एकैदिन यतिधेरै संख्यामा खोप लगाइएको अहिलेसम्मकै पहिलो घटना भएको

न्यूयोर्क । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन्

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ ।

आजको प्रमुख समाचार