तोकिएको समयमै संविधान बनाउन सभासद्हरूको जोड

१६ चैत्र २०६८, बिहीबार १५:४३ मा प्रकाशित

काठमाडौ, १६ चैत । विभिन्न राजनीतिक दलका सभासद्हरुले सर्वोच्च अदालतको फैसलाअनुसार तोकिएको समयमै संविधान बनाउनुको विकल्प नभएको बताएका छन् । संविधानसभाको आज बसेको बैठकमा बोल्ने अधिकाशं सभासद्हरुले तोकिएको समयमै संविधान निर्माणमा जिम्मेवार भएर लाग्नु पर्ने बताएका हुन् । नेकपा एमालेका सचिव विष्णु पौडेलले सर्वोच्च अदालतको फैसलाअनुसार तोकिएको समयमै संविधान निर्माणको विकल्प नभएको भन्दै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । नेपाली काङ्गे्रसका जीवनप्रेम श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार तोकिएको समयमै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभयो । मधेसी जनअधिकार फोरम नेपालका महासचिव रामशहाय प्रसाद यादवले आगामी जेठ १४ गतेसम्ममा सङ्घीयतासहितको संविधान बनाउनुको विकल्प नभएको बताउनुभयो । यादवले सङ्घीयताविनाको संविधान आफूहरुलाई अस्वीकार्य हुने बताउनुभयो ।  तमलोपाकी वसन्ती झाले दुई महिनाभन्दा कम समयमा संविधान जारी गर्ने चुनौती दलहरुसँग रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।