अब पार्टी एकीकरण असम्भव : वैद्य

२४ माघ २०६९, बुधबार ०७:०२ मा प्रकाशित

काठमाडौं, २४ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड–बाबुरामको टोली क्रान्तिबाट भागेको आरोप लगाएका छन् । प्रचण्ड बाबुरामहरुतर्फ इशारा गर्दै उनले भने, ‘उहाँहरूले नयाँ जनवादी क्रान्तिको कुरा पूरै त्याग्नुभयो, अब समाजवाद भन्दै हुनुहुन्छ, त्यो समाजवाद पनि भन्नकै लागि मात्र हो । त्यस्तो समाजवाद त नेपाली कांगे्रसले पनि भन्छ । क्रान्तिको मूल कार्यदिशा परित्याग गरिसकेपछि अब जे भन्दा पनि हुन्छ ।’ प्रचण्ड–बाबुरामले क्रान्तिको कार्यदिशा किन परित्याग गरेका होलान् त भन्ने जिज्ञाशाको जवाफमा वैद्यको भनाइ छ, ‘क्रान्ति गर्न गाह्रो र जटिल हुन्छ तर परित्याग गर्न सजिलो हुन्छ । क्रान्तिमा कतिपयले भागै लिँदैनन्, कतिपय मान्छेहरू भाग्छन्, थाक्छन् । उहाँहरुको सवालमा पनि त्यही भयो । उहाँहरू भाग्नुभयो, थाक्नुभयो, अग्रिम क्रान्तिलाई छोडेर हिँड्नुभयो ।’ पार्टी एकीकरणको सम्भावना छ कि छैन भन्ने सवालमा वैद्यले सम्भावना नरहेको बताए ।
० प्रचण्डजीले लिनुभएको धार सफल हुन्छ कि हुँदैन ?
– त्यो धार त उहाँले सफल पार्ने होइन उहिल्यैबाट नेपाली कांग्रेस र एमालेले सफल पार्दैै आएका हुन् । उहाँहरूको राजनीतिक धार केही होइन, ०४७ सालको एमालेले जनताको बहुदलीय जनवाद लिएर जुन तरिकाले आएको थियो । अहिले एमाओवादी पनि त्यही तरिकाले एमालेको पछि–पछि लागेको छ ।
० फेरि पनि जनयुद्ध तथा छापामार जनयुद्ध भनेको शहिदको अपमान हो भनेर प्रचण्डले भन्नुभएको छ, त्यसो भए तपाईंले शहिदको अपमान गर्न लाग्नुभएको हो ?
– होइन, त्यो अपमान त उहाँले नै गर्नुभयो । आफै“ले गर्नुभएपछि अर्कालाई जे भने पनि हुन्छ । हाम्रो विचारमा त नयाँ जनवादी क्रान्तिलाई बीचैमा छोडेर भाग्नुभयो ।
० अब नेपाललाई समृद्ध बनाउने बेला भएन र, तपाईंहरू फेरि किन क्रान्तिको कुरा गर्नुहुन्छ ?
– नेपालमा सर्वसत्तावादी पुरानो संरचनालाई साथमा राखेर क्रान्ति हुँदैन । क्रान्ति भनेको पुरानो वर्गसँग र पुरानो राज्यसत्ताको हातबाट नयाँ वर्गको हातमा सत्ता जानु हो । उहाँहरू क्रान्ति छोडेर गएर पुरानो वर्गमा जानुभयो । राज्यसत्ता पुरानै वर्गको हातमा नै छ, त्यसकारण क्रान्ति अझै पूरा भएको छैन ।
० तपाईंले आफूलाई मात्र क्रान्तिकारी देख्ने, बाबुरामजीहरू क्रान्तिकारी हुन सक्नुहुन्न ?
– सबै छाडेर आउनुभयो भने त अलग कुरा हो । अहिले त हामीले क्रान्तिकारी देख्दैनौँ । उहाँले दक्षिणपन्थी अवसरवादको बाटो प्राप्त गर्दै आउनुभएको थियो । यो महाधिवेशनले यसलाई लाहाछाप लगाइदियो भनेर भन्दा हुन्छ ।
० त्यसो भए एमाओवादी पूर्ण रूपमा अब संसदीय पार्टी भयो ?
–हो, संशोधनवादी पार्टीको रूपमा परिवर्तन भइसकेको छ । पार्टी एकीकरण अब असम्भव भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार