लोडसेडिङ ८ घण्टामा झार्न व्यावसायीको डेलिगेसन

२४ माघ २०६९, बुधबार ०६:४१ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २४ माघ । रुपन्देही उद्योग संघको टोली लोडसेडिङ्ग समस्याबारे छलफल गरि समस्याको निकास खोज्ने भन्दै नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलमा डेलिगेसन गएको छ । संघका अध्यक्ष तेज कुमार पाठकको नेतृत्वमा गएको डेलिगेसन टोलीले क्षेत्रीय कार्यालयका प्रमुख महेन्द्र अधिकारीसँग भेटी लोडसेडिङ्ग समस्याबारे जानकारी गराएको थियो । रुपन्देही उद्योग संघले हालको लोडसेडिङ्ग राष्ट्रिय समस्याको रुपमा कहालीलाग्दो अवस्थामा रहेको र समस्यालाई उचित व्यवस्थापन गर्न नसकिएमा उद्योगहरु बन्द गर्नुको कुनै विकल्प नरहेको जनाएको छ । लोडसेडिङ्गको समयमा समेत उद्योगहरुले डिमाण्ड चार्ज तिर्नु परिरहेको हुँदा सो सम्बन्धमा समेत संघले विरोध जनाउँदै आएको छ ।
संघले हाल जारी लोडसेडिङ्गलाई व्यवस्थित गरी ८ घण्टा नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउन सकिएमा थोरै मात्रामा भएपनि उद्योगहरुलाई राहत मिल्ने जनाएको छ । क्षेत्रीय कार्यालयका प्रमुख महेन्द्र अधिकारीले सकेसम्म विद्युत समस्या समाधान गर्न पहल गरिने बताएका छन् । डेलिगेसन टोलीमा संघका प्रथम उपाध्यक्ष वोनिन पिया, द्वितीय उपाध्यक्ष दिनेशराज रेग्मी, महासचिव गणेशप्रसाद अधिकारी, कोषाध्यक्ष विष्णु कुमार श्रेष्ठ, सचिव बाबुराम बोहरा प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख