काठमाडौं-हेटौँडा सुरुङ मार्ग निर्माणमा सर्वसाधारणको लगानी तान्ने प्रयास

२४ माघ २०६९, बुधबार ०६:३२ मा प्रकाशित

काठमाडौं, २४ माघ । आगामी शुक्रबारदेखि निर्माण कार्य सुरु हुन लागेको दाबी गरिएको काठमाडौ-हेटौंडा सुरुङ मार्ग निर्माणको जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले सर्वसाधारणमा सडकप्रति अपनत्व एवं स्वामित्व बढाउने भन्दै आमनागरिकलाई १० हजारदेखि १० लाखसम्म सेयर लगानीमा उत्साहित गर्ने मापदण्ड तयार गरेको छ । उद्योग वाणिज्य संघले चितवनको नारायणगढमा आयोजना गरेको एक कार्यक्रममा कम्पनीका अध्यक्ष कुशकुमार जोशीले सुरुङमार्गको अवधारणा सार्वजनिक गर्दै सबैलाई यो मार्गप्रति अपनत्व बढाउन सेयर लगानीमा सरल विधि अपनाएको जानकारी दिए । विपन्न नागरिकले समेत लगानी गर्न सक्ने मापदण्ड तयार गरिएको जानकारी दिँदै उनले सुरुङमार्ग पूर्वाधारका लागि अर्बौं लगानी गर्न खोज्ने लगानीकर्ता आए पनि २ लाखभन्दा बढीलाई सेयर सदस्य बनाउने उद्देश्यले अधिकतम १० लाखसम्मको सीमा तोकिएको जानकारी दिए ।
गैरआवासीय नेपाली संघमा आबद्ध १ र २ जना व्यक्तिहरु सुरुङ मार्गमा पूरै लगानी गर्न तयार रहेको दाबी गर्दै उनले भने, ‘तर हामीले सामान्य नागरिकको सडकमा पहुँच आवश्यक भएको जानकारी गरायौं, अहिले हजारौं व्यक्ति लगानीका लागि फाराम भर्न आएका छन् ।’ उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष जोशीले आफूले पनि जम्म दश लाख मात्र लगानी गर्ने खुलासा गर्दै हेटौंडा र चितवनका मात्र डेढ लाख नागरिकले सेयर हाल्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र