विभिन्न पार्टीबाट एमालेमा प्रवेश

२३ माघ २०६९, मंगलवार २२:३७ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २३ माघ । नेकपा एमालेका केन्दिय सदस्य बैजनाथ चौधरीले एकीकृत माओवादीकै कारण मुलुकले निकास पाउन नसकेको बताएका छन् । माओवादीले सत्ता लम्बाउनको लागि विभिन्न समयमा आफ्ना अभिव्यक्ति फेर्ने गरेको आरोप उनले लगाए । नेकपा एमाले मनिर गाँउ कमिटि नवलपरासीको कार्यालय उद्घाटन तथा पार्टीप्रवेश कार्यक्रमलाई मंगलबार मनिरमा सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । 
उनले आगामी माघ २६ र २७ गते बर्दघाटमा हुने पार्टीको जिल्ला अधिवेशन सर्वसम्मत चयन हुने र अधिवेशन सफल पार्नको लागि कार्यकर्तालाई आग्रह समेत गरे । कार्यक्रममा चौधरीले मनरिबाट अन्य दल तथा नयाँ सदस्यको रुपमा पार्टि प्रवेश गरेका २० जनालाई पार्टि प्रवेश गराए । मनरिबाट स्थानिय युवा समाजसेवि भेषनारायण चौधरिको नेतृत्वमा कांग्रेस, माओवादी तथा मधेसवादी दलका गरी २० जना एमालेमा प्रवेश गरेका छन् । मनरी गाँउ कमिटी अध्यक्ष सुशाान्त शर्मा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बृहस्पति अधिकारी, जेष्ठ कम्युनिष्ट मन्चका केन्द्रिय सदस्य खेमलाल पोखरेल, जिल्ला सल्हाकार दिव्यमणि पोखरेल, गाँउ कमिटिका पुर्वअध्यक्ष भोजराज पन्थी, गाउँ कमिटि सचिव अर्जुन हरिजन लगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र