सहकारीका कोषाध्यक्ष र लेखापाल पक्राउ

१६ चैत्र २०६८, बिहीबार १३:५३ मा प्रकाशित

रौतहट, १६ चैत । सामुदायिक विकास बचत तथा ऋण सहकारी संस्था चन्द्रनिगाहपुरले बचतकर्ताहरुको रकम फिर्ता नगरेपछि संस्थाका कोषाध्यक्ष तथा लेखापाललाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ । संस्थाका कोषाध्यक्ष उदयनारायण चौधरी र लेखापाल जितेन्द्र चौधरीलाई बचतकर्ताहरुले पक्राउ गरी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएका हुन् । उनीहरुले चन्द्रनिगाहपुर लगाएतका गाउँ क्षेत्रका बासिन्दालाई बिभिन्न प्रलोभन देखाएर बचत गराएका थिए । संस्थाले साना व्यापारीहरुमार्फत डुमरिया गाबिसबाट दुई लाख ५० हजार बराबरको रकम उठाएर बचतकर्तालाई ऋण लगानी नगरेपछि उनीहरुले पक्राउ गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड