डीएसपी बढुवामा गच्छदारको ‘तेस्रो आँखा’

२३ माघ २०६९, मंगलवार २२:२८ मा प्रकाशित

काठमाडौं, २४ माघ । नेपाल प्रहरीमा लामो समयदेखि रिक्त ४९ प्रहरी नायव उपरीक्षक पदमा यसै साता पदपूर्ति गर्ने तयारी भइरहेको बुझिएको छ । मुलुकको राजनीतिक सङ्क्रमणका कारण लामो समयदेखि पदोन्नति हुनबाट वञ्चित सङ्गठनप्रति वफादार प्रहरी निरीक्षक पीडामा रहे पनि यतिखेर अत्यन्तै कनिष्टहरूले पैसाकै भरमा अगाडि आउन कसरत गरिरहेको जानकारीमा आएको छ । प्राप्त समाचारअनुसार गृहमन्त्री विजयकुमार गच्छेदारले डीएसपी बढुवामा ज्यादै रुचि बढाएका छन् । एकीकृत माओवादी महाधिवेशनको मौका छोपेर ज्यादै कनिष्ट झन्डै डेढ दर्शन इन्स्पेक्टरलाई नगदका भरमा डीएसपी बनाउन गृहमन्त्री गच्छदार ज्यान फालेर लागेका छन् । ४९ रिक्त पदका लागि फ्रेस ब्याचभन्दा अगाडिका २८ जना भए पनि त्यसमा अधिकांश गे्रड रोक्का र बढुवा रोक्काजस्ता कारबाहीमा परेका र आईएभन्दा कम शैक्षिक योग्यता भएकाहरूको सङ्ख्या ठूलै रहेकोले ‘फ्रेस ब्याच’बाट धेरै बढुवामा पर्ने निश्चित छ । 
२० वर्षपछाडिको सङ्गठनप्रमुख बन्ने सपना देख्दै कतिपय कनिष्ट इन्स्पेक्टरहरू यतिखेर विभिन्न स्रोतमार्फत गृहमन्त्री गच्छदारकहाँ नगदसहित पुगेको बुझिएको छ । विशेषगरी तराईका ‘मालदार’ ठाउँहरूमा बसेर ब्रह्मलुट गरेका इन्स्पेक्टरहरू विभिन्न स्रोतमार्फत गृहमन्त्रीका सम्धी भक्ति माझीलाई नगद बुझाइरहेको बुझिएको छ । रोलक्रमको १००औँ स्थानमा रहेका सुभास बोहोरा धनुषाका एक फोरम नेतामार्फत माझीलाई नगद बुझाउनेमध्ये एक हुन् । त्यस्तै मोरङ फोरमको गच्छदार थरका एक नेतामार्फत रकम बुझाएपछि ९२ नम्बरमा रहेका सञ्जयसिंह थापा पनि ढुक्क भएर बसेका छन् । गच्छदारकी साली र श्रीमतीकी साथीलाई खुसी बनाएर रकम बुझाउने ८७ नम्बरका शिवकुमार श्रेष्ठ पनि अगाडि जाने कुरामा ढुक्क देखिएका छन् । ९०को लाइनमा रहेका महेन्द्रकुमार श्रेष्ठ र नकुल पोखरेल गृहमन्त्रीका आर्थिक लेनदेन हेर्ने पीएका रूपमा कार्यरत यज्ञ चौधरीमार्फत अगाडि आउने निश्चित भएको बताइन्छ । त्यस्तै, अर्जुन तिमिल्सिनाले पनि चौधरीमार्फत धनराशि बुझाइसकेको एक स्रोतले बताएको छ ।
रामजनम चौधरीमार्फत रकम बुझाएर अगाडि नम्बरमा आउने विश्वास पाएका पदम विष्ट, मनोज विश्वासमार्फत चक्रराज जोशी, श्याम महतो, नवराज अधिकारी, रामेश्वर कार्की पनि २० वर्षपछि सङ्गठनप्रमुख बन्नका लागि रकम बुझाउने अधिकृतका रूपमा चर्चामा रहेका छन् । अन्य केही कनिष्ट इन्स्पेक्टरहरूले भक्ति माझीलाई सीधै भेटेर रकमकलम बुझाइसकेका बताइन्छ । प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले कार्यक्षमता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सुपरभाइजरको सिफासलाई आधार बनाउने अड्डी लिएइरहेका बेला यस्ता व्यक्तिहरूले गृहमन्त्रीलाई रिझाएर बढुवा पाए भने प्रहरी सङ्गठनलाई गम्भीर क्षति पुग्ने सम्बद्ध अधिकारी बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार