रामपुर क्याम्पस अनिश्चितकालीन बन्द

२३ माघ २०६९, मंगलवार १९:२९ मा प्रकाशित

रासस, चितवन, २३ माघ । प्राज्ञिक मागहरू पूरा नगरेको भन्दै चितवनको रामपुरमा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर अनिश्चितकालका लागि बन्द भएको छ । क्याम्पस बन्द भएसँगै क्याम्पसमा अध्ययनरत् ६०० विद्यार्थी अध्ययनबाट प्रभावित भएका छन् ।
क्याम्पस प्रमुखसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्रध्यापक सङ्घ, नेकपा (एमाले) निकट प्रगतिशील प्राध्यापक सङ्गठन, र नेकपा–माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले अनिश्चितकालका लागि क्याम्पस बन्द गराएको प्रगतिशील प्रध्यापक सङ्गठनका केन्द्रीय सदस्य एवम् रामपुर क्याम्पसका इकाइ अध्यक्ष कल्याणी मिश्रले जानकारी दिए ।
क्याम्पस प्रमुखले विगतका सहमतिलाई लत्याउँदै अगाडि बढेकाले क्याम्पस बन्द गर्न बाध्य भएको उनले बताए । यता क्याम्पस प्रमुख श्यामसुन्दर पन्थले भने समस्या समाधान गर्न प्रशासनिक समस्या रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही