रेडपाण्डाको छाला तस्करी गर्ने पक्राउ

२३ माघ २०६९, मंगलवार १९:१५ मा प्रकाशित

काठमाडौं, २३ माघ । दुर्लभ बन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा (हाब्रे)को छालासहित नुवाकोट खानीगाँउ–७ बस्ने ३३ बर्षीय रोशन भन्ने भुपेश घलेलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरीले पक्राउ गरेको छ । निजलाई प्रहरीले हिजो सोमबार नुवाकोट बिदुर नगरपालिका–१ ढुङ्गेस्थित एभरेष्ट होटल एण्ड लजबाट उक्त बन्यजन्तुको छालासहित पक्राउ गरेको हो ।
राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध गरेमा ५ बर्षदेखि १५ बर्षसम्म कैद र ५० हजार देखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । घलेलाई प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय नुवाकोटमा बुझाएको छ ।
यसैबीच स्वास प्रस्वाससम्बन्धी बिरामी भएका केन्द्रीय कारागारमा चोरी मुद्धामा थुनामा रहेका बन्दी भारतीय नागरिक ५६ बर्षीय नुरुल इलाम मुल्लाको शिक्षण अस्पताल महाराजगंजमा उपचारकै क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१४ बल्खु चोक नजिक शंकास्पद अवस्थामा हिँडिरहेका काठमाडौँ जयवागेश्वरी बस्ने नवलपरासी जिल्ला मुकुन्दपुर– १ घर भएका २७ बर्षीय बिनोद महर्जन र ललितपुर उपमहानगरपालिका–१४ सातदोबाटो बस्ने २२ बर्षीया लक्ष्मी पुनलाई माघ २२ गते नियन्त्रीत लागु औषध डाईजापाम ६९ थान, नोफिन ७० थान र फेनागन ६९ थान सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार