छुट्टाछुट्टै घटनामा परी सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु

१६ चैत्र २०६८, बिहीबार १३:५२ मा प्रकाशित

काठमाडौ, १६ चैत । गएराति भएका तीनवटा छुट्टाछुट्टै घटनामा परी सिन्धुपाल्चोकमा तीन जनाले ज्यान गुमाएका छन् । घटनामा अन्य १० जना घाइतेसमेत भएका छन् । प्रहरीका अनुसार हाइ भोल्टेजका कारण दुई जनाको ज्यान गएको हो भने एक जनाले चट्याङ लागेर ज्यान गुमाएका हुन् । हाइभोल्टेजबाट बाह्रविसे– ४ धार्पाका २७ वर्षीया मिनबहादुर तामाङ र स्याउले– २ का २२ वर्षीया डम्बर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै राती नै आएको चट्याङबाट दुवाचौर– ८ का ७५ वर्षीया नरबहादुर गिरीको ज्यान गएको छ । पाल्चोक १ का सीताराम गिरीको घरमा पाहुना गएका उनको सोही घरमा परेको चट्याङले मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङबाट दुई जना घाइते भएका छन् । चट्याङले १ दर्जन पशुहरु समेत मरेका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले