प्रचण्डको प्रस्तावविरुद्ध उभिए ‘काजी’

२३ माघ २०६९, मंगलवार १५:४६ मा प्रकाशित

काठमाडौं, २३ माघ । सातौँ महाधिवेशनमा एमाओवादी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको देशको अन्तराष्ट्रिय सिमाना सम्बन्धी विवाद जनमत संग्रहबाट हल गरिने भन्ने प्रस्ताव चरम विवादमा परेको छ । विपक्षी नेताहरुले मात्र नभई एमाओवादीकै वरिष्ठ नेताहरु उक्त प्रस्तावको विपक्षमा उभिएका छन् । सो पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महाधिवेशनमा प्रस्तुत अध्यक्ष दाहालको राजनैतिक प्रतिवेदनमा समावेश भएको उक्त पूताव खारेज हुने अभिव्यक्ति दिएका छन् ।
देशको अन्तराष्ट्रिय सिमानासम्बन्धी विवाद जनमत संग्रहबाट हल गर्ने भन्ने प्रस्ताव राख्नु देशप्रति घात भएको भावमा उपाध्यक्ष श्रेष्ठले अध्यक्ष्को आलोचना गरे । सञ्चारकर्मीहरुसँग उनले यस्तो विषयमा जनमत संग्रह हुनै नसक्ने धारणा राखे।
सोही क्रममा श्रेष्ठले भारतसँग भएको बिप्पा सम्झौता राष्ट्रहित अनुकूल नभएकाले त्यस्लाई गलत भनेर महाधिवेशनले निर्णय गर्नुपर्ने अडान राखेका छन्। यीबाहेक अध्यक्ष दहालले पेश गरेको राजनैतिक प्रतिवेदनको मुल विषयमा आफ्नो मतभेद नभएको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा