पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनद्वारा एक घन्टा चक्काजाम

१६ चैत्र २०६८, बिहीबार १३:५० मा प्रकाशित

काठमाडौ, १६ चैत । सरकारले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनले आज एक घन्टा चक्काजाम गरेका छन् ।  विद्यार्थी सङ्गठनले बिहान ८ देखि ९ बजेसम्म राजधानीका शैक्षिक संस्था अगाडि चक्काजाम गरेका हुन् ।  अनेरास्ववियु आरआर क्याम्पसका अध्यक्ष नेत्र मैनालीले सरकार र विद्यार्थी सङ्गठनबीच विगतमा भएको सहमति कार्यान्वयन नगरी पटकपटक पेट्रोलियम पदार्थको भाउ बढाएकोले विरोध जनाउनु परेको बताउनुभयो । विद्यार्थीले आजदेखि आगमी चैत १९ गतेसम्म प्रत्येक शैक्षिक संस्थाअगाडि सरकारी गाडी चल्न नदिने र  शैक्षिक संस्था अगाडि एक घन्टा चक्काजाम गर्ने बताएका छन् ।  गएको सोमबार राति बसेको नेपाल आयल निगमको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर चार रुपैँयाका दरले भाउ बढाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार