प्रचण्डको पतन निश्चित भएको विपक्षी नेताहरुको दाबी

२३ माघ २०६९, मंगलवार ०९:५८ मा प्रकाशित

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिले मुलुकलाई निकास दिन नसके सडकबाट जनताले माओवादी सर्वसत्तावादको अन्त्य गर्ने बताएका छन् । सरकारविरुद्ध आन्दोलनका क्रममा संयुक्त आन्दोलन परिचालन समितिद्वारा सोमबार पोखराको चिप्लेढुंगामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता पौडेलले सत्ता कव्जा गरेर नेपाली जनतामाथि माओवादीले निरङ्कुशता लाद्ने काम गरेको आरोप लगाउँदै जबर्जस्ती जनता भड्काउने काम नगर्न चेतावनी दिए।
विरोधसभामा बोल्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी ढँटुवाको पार्टी भएको दाबी गरे । उनले एमाओवादी अध्यक्षले यसरी नै ढाँट्दै गए उनको पतन निश्चित रहेको बताए। एमाओवादीले नयाँ नेपाल बनाउने नाममा दुनियाँलाई झुक्याउने गरेको उदाहरण पेस गर्दै नेता नेपालले अहिले सबै क्षेत्रबाट उसको साख गुम्दै गएको बताए। एमाओवादीमा कम्युनिस्ट होइन उग्रवादी र अनिनायकवादी चिन्तन हावी भएको टिप्पणी गर्दै उनले उसले अहिले सत्ता, शक्ति र पैसाको राजनीति गर्दै आएको आरोप लगाए।
विरोधसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले राष्ट्रिय सहमतिको मुख्य बाधक अहिलेको सरकार बनेको धारणा राख्दै नाटकीय रुपले जेठ महिनाभित्र चुनाव गराउने भने पनि यो सम्भावना क्षीण बन्दै गएको बताएका थिए भने नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्यि जनमोर्चाका उपाध्यक्ष शङ्कर बराल, नेकपा संयुक्तका महासचिव सुनिल मानन्धर, नेकपा मालेका पोलिटव्युरो सदस्य गोपालमणि गौतम, एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य खगराज अधिकारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, राप्रपाका गण्डकी संयोजक हेमजङ गुरुङ, काँग्रेसका जिल्ला सभापति यज्ञबहादुर थापालगायतका वक्ताहरूले पनि मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर