कुन मन्त्रीका कति सम्पत्ति ?

२३ माघ २०६९, मंगलवार ०९:४३ मा प्रकाशित

काठमाडौं, २३ माघ । मन्त्री पदमा बहाल भएपछि कानूनबमोजिम आफ्नो सम्पत्ति विवरण बुझाउन बाँकी केही मन्त्रीले सतर्कता केन्द्रले पटक पटक  ताकेता गरेपछि ढिलै भएपनि सम्पत्ति विवरण बुझाएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले ११ माघमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहितका ७ मन्त्रीले सम्पत्ति विवरण नबुझाएको सार्वजनिक गरेको थियो । अर्थमन्त्री वर्षमान पुन र शान्तिमन्त्री टोपबहादुर रायमाझीले भने अझै विवरण बुझाउन बाँकी रहेको बुझिएको छ ।
प्राप्त विवरण अनुसार पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले माघ १७ मा बुझाएको विवरणमा आफूसंग मन्त्रीबापतको एभरेष्ट बैंकमा ५७ हजार रुपैयाँ बचत भएको उल्लेख गरेका छन् । द्वन्दकालमा मारिएका छोरा रविको नाममा सरकारबाट पाएको चार लाख रुपैयाँसमेत ग्र्याण्ड बैंकमा बचत रहेको उनले उल्लेख गरेका छन् । मन्त्री बोगटीले पैतृक सम्पत्तिबापत् एक तोला सुन र पार्टीबाट पाएको बा अ च ७४३० नम्बरको स्कर्पियोसमेत रहेको जनाएका छन् । नुवाकोटको तुप्चे २ मा पैतृक सम्पत्तिबाट अशंबापत पाएको केही जमिनसमेत रहेको उनले उल्लेख गरेका छन् ।
यस्तै, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुझाएको सम्पत्ति विवरणमा एक रुपैयाँ पनि नगद नरहेको उल्लेख गरिएको छ । पटक पटक उपप्रधानसहित मन्त्री बनेका श्रेष्ठसँग गोरखाको जौबारी ६ र ७ मा पैतृक सम्पत्तिबाट अंशवण्डाबापत प्राप्त गरेको केही जमिनबाहेक कत्ति पनि नगद नभएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । आफूसंग भएको बा ७ च ४३८५ नम्बरको स्कर्पियो गाडी पनि नातेदार, मित्रहरु र पार्टीको सहयोगमा प्रयोग गरेको उनले उल्लेखन गरेका छन् । कुनै पनि बैंक, वित्तिय संस्था र सहकारीमा खाता नखोलेको र रकम पनि नभएको उनको दाबी छ । सुन, चाँदी, हिरा, जवाहरातजस्ता अचलसम्पत्तिसमेत आफूसंग नभएको र घर पनि नभएको उपप्रधानमन्त्री श्रेष्ठले जनाएका छन् ।
यसैगरी विज्ञान, प्रविधि तथा वातावरणमन्त्री केशवमान शाक्यले माघ १४ मा बुझाएको विवरणमा कामनपा १३ र ११ मा श्रीमती लिला शाक्यको नाममा तीनरतीन तले पक्कि घर, कामनपा १७ मा ५ रोपनी र रुपन्देहीमा ११ कठ्ठा जमिन भएको उल्लेख गरेका छन् । उनीसँग ३० तोला सुन र दुई सय तोलाबराबरको चाँदीका भाँडा पनि रहेका छन् ।
वनमन्त्री यदुवंश झाले १८ माघमा बुझाएको सम्पत्ति विवरणमा २३ तोला सुन र ६ सय ग्राम चाँदी, किष्ट बैंकमा दुई लाख ६ हजार नगद, श्रीमती सीतादेवीका नाममा सोही बैंकमा १४ लाख ७५ हजार, छोरा प्रकाशका नाममा किष्ट बैंकमा १८ लाख, उनकै नाममा एभरेष्ट बैंकमा दुई लाख ५ हजार तीन सय, उनकै नाममा किष्ट बैंकमा तीन लाख, २०६८ सालमा २३ लाखमा किनेको बा ९ च ७७५ नम्बरको गाडी र तीन वटा मोटरसाईकल रहेको उल्लेख गरेका छन् । त्यस्तै जनकपुर नगरपालिकामा पक्कि घर र श्रीमतीका नाममा पैतृक सम्पत्ति रहेकोसमेत झाले उल्लेख गरेका छन् । सञ्चारमन्त्री राजकिशोर यादबले चाहिँ आफ्नो सम्पत्ति विवरणमा ७५ तोला सुन र एक किलो चाँदी, तीन लाख नगद घरमा, श्रीमती सरिताका नाममा विभिन्न बैंकमा १२ लाख, आमा नेपुरदेवीको नाममा सिरहामा दुईतले पक्कि घर, कलंकीमा घडेरी, एक मोटरसाईकल रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने