नेपाली र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपद व्यवस्थापन तालिम

२२ माघ २०६९, सोमबार २१:५८ मा प्रकाशित

काठमाडौं, २२ माघ । सेना र मित्रराष्ट्र अमेरिकाको मरिन फोर्स प्यासिफिक ज्वाइन्ट टास्क फोर्स–५०५ को संयुक्त आयोजनामा पाँच दिवसीय ‘ह्युुम्याटरियन एसिस्टेन्स एण्ड ज्यिास्टर रेस्पोन्स टेवल टप एक्सरसाइज’ आरम्भ भएको छ । नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी पवनबहादुर पाण्डेद्वारा शुभारम्भ गरिएको सो अन्तरक्रियात्मक अभ्यास भुकम्प तथा अन्य प्राकृतिक विपद्को दृष्टिकोणले अति संवेदनशिल मानिएको नेपाल र विशेष गरी राजधानी काठमाडौंमा ठुलो स्तरको विपद् आएमा यथासिघ्र मानविय उद्धार तथा राहत कार्यको लागि मित्र राष्ट्रहरुबाट प्राप्त हुने सैनिक सहयोगलाई प्रभावकारी ढंगबाट समन्वय तथा परिचालन गर्ने उद्देश्यले आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त टेवलटप अभ्यासबाट प्राकृतिक विपद्मा छिटो समय भित्र गरिने उद्धार कार्य तथा जिउधनको न्युनतम क्षतीको लागि अपनाउने कार्यविधिको अध्ययन गर्नका साथै क्षमता अभिबृद्धि गर्न मद्दत मिल्ने बताइएको छ ।
राजधानीस्थित होटल रयाडिसनमा सोमबारदेखि आगामी २६ गतेसम्म संचालन हुने उक्त अभ्यासमा नेपाली सेना र अमेरिकी सेनाका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अमेरिकी राजदुतावासका कर्मचारीहरु, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि र मानविय निकायका प्रतिनिधिहरु सहित १ सय १२ जना सहभागी रहेका छन् । समारोहमा नेपाल सरकारका रक्षा तथा गृहमन्त्रालयका सह–सचिवहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।