ट्याक्सीचालक लुट्न नक्कली पेस्तोल

२२ माघ २०६९, सोमबार १९:५० मा प्रकाशित

काठमाडौँ, २२ माघ । नक्कली पेस्तोल देखाई लुटपाट गर्न खोज्ने ललितपुर जिल्ला चापागाउँ–१ बस्ने १६ बर्षीय रिजन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । शाहीले काठमाडौँ महानगरपालिका–२३ बसन्तपुरमा प्लाष्टिकको नक्कली पेस्तोल देखाई ट्याक्सी चालकलाई लुट्न खोजेको अवस्थामा महानगरीय प्रहरी प्रभाग जनसेवाबाट खटिएको प्रहरीले टोलीले फेला पारी पक्राउ गरेको थियो ।
यसैबीच अपहरण गर्ने कार्यमा संलग्न भारत बहराईच गाजिपुर्बा बस्ने रिजवान अहमद हलुवाई र जाबेद हलुवाईलाई नेपालगंज नगरपालिका मुसाफिरखाना धर्मशालाबाट र सोही ठाउँ बस्ने चंगेज हलुवाईलाई नेपालगंज नगरपालिका–३ स्थित निजकै घरबाट प्रहरीले पक्राउ गरेको छ । नेपालगंज नगरपालिका–११ त्रिभुवन चोकबाट भारत राजस्थान जयपुर घर भएका ४० वर्षीय महमद अक्रमलाई अपरिचित ब्यक्तिहरुले माघ २० गते अपहरण गरी १० लाख रुपैयाँ फिरौती रकम लिई माघ २१ गते नेपालगंज नगरपालिका पुष्पलाल चोकमा ल्याई छोडेको भत्रे खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई नगद  ३ लाख ६० हजार रुपैयाँ र ३ वटा मोबाइलसहित सोमबार पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत