अपहरणमा परेका बालक सकुशल मुक्त, दुई अपहरणकारीको मृत्यु

२२ माघ २०६९, सोमबार १९:३६ मा प्रकाशित

पर्सा, २२ माघ । वीरगंज उपमहानगरपालिका–१३ आर्दशनगर बालमन्दिरनजिक आफ्ना हजुरवुवा गोबर्धन अग्रवालको घरअगाडि खेलिरहेको अवस्थामा गत १३ गते अपहरणमा परेका ९ बर्षीय स्लोक अग्रवाललाई प्रहरीले सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई गदियानी–१ स्थित रामनाथ गिरीको घरमा छापा मारी बन्धक बनाई राखेको अवस्थामा मुक्त गरेको हो । बालकको उद्धार गर्ने क्रममा अपहरणकारीसँग दोहोरो गोली हानाहान हुँदा अपहरण कार्यमा संलग्न भेडियाई–९ बस्ने २२ बर्षीय संजय गिरी र पचरुखि हरपुर बस्ने २० बर्षीय बिन्देश्वर गोली लागेर गम्भीर घाइते भएकोले उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज लगिएकोमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त झडपमा प्रहरी जवानहरु सुर्य थापा र बुद्धीबहादुर तामाङको छाती र हातमा चोट लागेर घाइते भएकोले उपचारको लागि सोही मेडिकल कलेजमा लगिएको छ ।
अपहरण कार्यमा संलग्न भेडियाई–९ बस्ने ४५ बर्षीया रम्भादेवी गिरी, १९ बर्षीय अजय गिरी, वीरगंज उपमहानगरपालिका–१३ बस्ने २० बर्षीय कुनाल अग्रवाल, ३२ राजनबाबु बानिया, १९ बर्षीय पन्नालाल सहनी र १८ बर्षीय सिकेन्द्र यादव समेत ६ जनालाई प्रहरीले २ नाल कटुवा पेस्तोल र सोको गोली ५ राउण्डसहित पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला

काठमाडौं । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निणर्यहरु बदर गरिदिएको छ ।

काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्

काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्